बाँकेमा उपचाररत एक पुरुषको कोभिडबाट मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचाररत भेरीगंगा नगरपालिका वडा नम्बर ३ सुर्खेतका ९० बर्षीय पुरुषको आज साँझ पौने ७ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
माघ २० गते मेडिकल कलेजमा कोरोना परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएका उनी २२ गते भेरीको कोभिड वार्डमा भर्ना भएका थिए । उनले कोरोना विरुद्धको दुबै मात्रा खोप लगाएका थिए ।
अहिलेसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बाँकेका ३५० जनाको कोभिडबाट मृत्यु भएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्