नेकपा एमालेद्वारा काेहलपुर नगरपालिकालाई ज्ञापन पत्र




कृष्ण कुमार शाही ।

नेकपा एमालेले काेहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

माघ १९ गते बिहीबार देखि अबिरल रुपमा परेको असिना पानीसहितको वर्षादका कारणले किसानले लगाएको हिउँदेवाली, फलफूल तथा तरकारी खेती पुर्ण रुपमा नष्ट भएको र विगतमा भएको बेमौसमी वर्षातका कारणले धानबालीमा भएको क्षतिको आलोघाउ निको हुन नपाउँदै पुनः किसानहरुले हिउँदै बालीमा ठूलो क्षति व्यहोर्नु परेको भन्दै क्षतिपूूर्तिकाे माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझाउँदै नगर कमिटि अध्यक्ष खिल प्रसाद भुुषालले बेमौषमी वर्षा र हिउँदे वर्षादका कारण खेती किसानी गरी खाने किसानको अवस्था दिनानुदिन कष्टकर भइरहेकाे बताए ।

बर्षादले क्षति पुगेको किसानको हिउँदै बाली, फलफूल तथा तरकारी खेतीको स्थलगत अध्ययन गरी उचित क्षतिपूर्ति तथा राहत वितरण गर्न हामी तीनै तहका सरकारसँग जोडदार माग समेत पेस गर्ने भन्दै ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझदै नगरपालिका प्रमुख लुट बहादुर रावतले  आउँदाे आइतबार कार्यपालिकाकाे बैठक बसी तथ्थांक संकलन गर्ने बताए । उनका अनुसार धान बालिकाे क्षतिकाे बारेमा भने संघिय सरकारले दिने हाे त्यसकाे प्रक्रिया चलिसकेकाे र पुनः नागरिकता, खाता, खेति लगाएकाे लालपूर्जाकाे माग गरेकाे थियाे साे तथ्थांक संकलन भैसकेकाे बताए  । उनीहरूलाइ राहत स्वरूप दिइनकाे लागि संघिय सरकारले दिने हामीले तथ्थांक संकलन गरी रिपाेर्ट पठाइएकाे बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रबार