राप्तीसोनारीमा फेरी बाघको आक्रमणबाट एकको मृत्यु

काेहलपुर ।

राप्तीसोनारी ४ पर्सोना गाउँकि ५२ बर्षिया लिला बिष्टलाई बिहीबार बाघले शिकार बनाएको छ ।

घास काट्न जंगल गएको बेला उक्त महिलालाई बाघले आक्रमणबाट मृत्यु भएको हो । स्थानीय ३ जना महिलाहरुसंगै गएको बेला जलहन सामुदायिक बनको तीन पाने स्थानमा बाघले आक्रमण गरेकाे हो । इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोली र संयौको संख्यामा गएको स्थानीय बासिन्दाहरुले उक्त बृद्ध महिलाको रगत चुस्दै गरेको अवस्थामा फेला पारेका हुन् ।

बाघले मान्छेहरुलाई देखेर पनि शवलाई नछोडेपछि प्रहरीले २ राउण्ड गोली फायर समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको आदेशमा प्रहरीले उक्त बृद्ध महिलाको शव छुटाउन २ राउण्ड गोली प्रहार गरेको हो ।

इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरिक्षक मुकुन्द सिग्देलले भने एक राउण्ड प्रहार गर्दा झम्टीन खोज्यो, दोस्रो राउण्ड गोली प्रहार गर्दा बाघले शव छोडेकाे थियाे ।