‘१० वर्षभित्र उत्कृष्ट नमूना विद्यालय बनाउछु’ : लक्ष्मी माविका प्रअ जय बहादुर विष्ट

प्रअ
लक्ष्मी माध्यमिक विद्यालय

विद्यालयको अवस्था कस्तो छ ?

धन्यवाद । अहिले विद्यालयको ७ वटा भौतिक पूर्वाधार छन्, जसमध्ये ४० वटा कोठामा शिक्षण हुन्छ । शैक्षिक उपलब्धि अब्बल बनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय पद्धतिबाट अध्यापनमा जोड दिएका छौं । दुई भाषामा विद्यालय सञ्चालन छ जसमा अंग्रेजी र नेपाली रहेको छ । कृषि प्राविधिक धारका विद्यार्थीहरुलाई सिकाई क्रियाकलाप बनाउन प्रयाप्त प्रोगशाला र स्वच्छ पिउने पानी छ । अहिले करिब २ हजार बढि विद्यार्थी छन् । ३ शौचालय १ अपाङ्गमैत्री शौचालय छ । ५५ जना शिक्षक तथा कर्मचारी छन् ।

शैक्षिक उपलब्धि कस्तो अवस्थामा छ ?

शैक्षिक उपलब्धी पूर्ण रुपमा हेर्न पाएको छैन । सूर्योदय मावि बैजनाथ १ बाट दरबन्दी मिलानपछि कोहलपुरको लक्ष्मी मावि २ मा आएको केही महिना भएको यसको बारेमा पूर्ण जानकार छैन । तर केही कक्षाको भने हेरे तर नाजुक अवस्था रहेछ तर अबको आर्थिक वर्षदेखि यो अवस्था रहन्न्, ।

सामुदायिक विद्यालयलाई अभिभावकको आकर्षन कम देखियो किन होला ?

सामुदायिक विद्यालयहरुलाई यसमा चूनौती छ । अभिभावकको आकर्षण कम देखिएकै छ तर सबैलाई होइन केही मात्र । किन, के कारण, कस्को लागि, कसरी जस्ता थुपै प्रश्न छन् । त्यसो हुनुमा नितान्त रुपमा शिक्षक, विद्यालय दोषी मान्न सकिँदैन । राज्यको ध्यान सामुदायिक सुधारमा निरन्तर हुनु जरुरी छ । यहाँ राज्यको जिम्मेवार बहन गर्ने ओहोदामा बसेकाहरुको लगानी निजी विद्यालयमा छ ।

जसले गर्दा सामुदायिक विद्यालयमा ध्यान कम भएको देखिन्छ । कतिपय सामुदायिक विद्यालय भौतिक रुपमा अत्यन्तै कमजोर छन् । उपयुक्त कक्षाकोठा, तालीम प्राप्त शिक्षक, एथेस्ट शिक्षक दरबन्दी छैन । हाम्रै विद्यालयमा अझै भौतिक पूर्वाधार र शिक्षक दरबन्दी कमी छ जसले गर्दा उत्कृष्ट नतिजा दिन सकेका छैनौं । तर अहिलेको अवस्थामा सामुदायिक विद्यालयमा अभिभावकको मोह बढेको पाइन्छ । हाम्रो विद्यालयमा भन्ने हो भने भर्ना हुन आएका बालबालिकालाई फकाउनुर्ने अवस्था छ ।

शिक्षा क्षेत्रमा परिवर्तनका लागि दिनरात लागि रहनुभएको छ, अब विद्यालयलाई नमुना बनाउने योजना बनाउनुभएको छ ?

राम्रो प्रश्न । यहाँ आउनुभन्दा पहिले बैजनाथ गाउँपालिकाका १ मा रहेको सुर्येदय माविमा प्रअको भूमिकामा रहेर काम गरेको थिए । त्यहाँ सुरुमा प्रअ भएकोदेखि यहाँ आउँदा कस्तो बनाएको छु भन्ने प्रमाण अझैै ताजै छ । विद्यालयमा पहिलो प्राथमिकता भनेको अनुशासन कडा रुपमा लिन्छु । हरेक बालबालिकालाई अनुशासन भएर निरन्तर अध्ययन र शैक्षिक क्रियाकलापमा सहभागि गराउँछु ।

यो कुनै जवरजस्ती होइन विद्यार्थी स्वम् आफै सक्रिय भएर लाग्छ किनभने मात्र हौसला चाहिएको हुन्छ बालबालिकालाई । सहि निर्देशन, सहि गोरेटो, सहि विचार, कितावी ज्ञानभन्दा बाहिरी ज्ञान सिकाउँछौं । त्यसमा शिक्षकहरुलाई कक्षा कोठामा नियमित गराउनका लागि योजना बनाई सकेको छु । मैले यो विद्यालयलाई १० वर्ष भित्र नमूना विद्यालय बनाउने योजना बनाईसकेको छु । यसको लागि यहाँका अभिभावक, शिक्षक र बालबालिकाहरुको साथ सहयोग आवश्यक हुन्छ त्यो पाइराखेको छु ।