कोहलपुर नगरपालिकाले सार्वजनिक स्थानमा राखिएका निर्माण सामग्री हटाउने

कोहलपुर ।

कोहलपुर नगरपालिकाले सडकमा भएका निर्माण सामग्री हटाउने भएको छ ।

कोहलपुर नगरपालिकाको कार्यापालिकाको निर्णय अनुसार सडकमा अतिक्रमण गरी राखिएका निर्माण समाग्रीहरुलाई हटाउने भएको हो ।

सम्बन्धीत वडा कार्यालयबाट ३ (तीन) दिन मात्र राख्न पाउने गरी अनुमति लिएर मात्र राख्न पाउने र सो सामग्रीहरु अनुमतिको म्याद सकिएपछि प्रभावकारी रुपमा अनुगमन गरी कार्यान्वय गर्ने भनी कार्यपालिकाको निर्णय नं. ६ ख मा उल्लेख गरिएको छ ।