बैजनाथ गिज्याउने विपन्नताको कथा : शौचका लागि अझै जंगलकै भर !

विपन्न वर्गका भोट चाहान्छन् तर समस्या बुझ्न चाहाँदैनन् राजनीतिक दल

डिल्ली शाही ।

शौचालय नहुँदा विपन्न भएकै कारणले जंगलमा शौच गर्नुपर्ने बाध्यता छ भन्छन्, बैजनाथ गाउँपालिका १ च्याँमाका शोहनलाल थारु । ‘भोट माग्दा निकै आश्वासन दिन्छन् तर जितेपछि केही गर्दैनन् । तर हामी जनताका समस्या कस्ले सुनिदिन्छ ?, दुरर्दशा कस्ले हेरिदिन्छ ? पिडाहरु यावत नै छन्, चुनाव जितेपछि विपन्न परिवारका आवाज सुन्न पाँच वर्षसम्म कोही आएनन् ।

‘२००६ सालदेखि च्याँमामा बस्दै आएका छु’ उनले भने, ‘तर शौचालय बनाउन सक्ने आर्थिक अवस्था कमजोर छ, कसैको सहयोग पाएभने तुरुन्तै शौचालय बनाउर्थे तर कस्ले दिन्छ सहयोग ? एउटा विपन्न परिवारलाई शौचालय बनाउन यति ठुलो पिडा हुँदा रहेछ ।’ घरमा म मात्र होइन श्रीमती, छोरा, बुहारी छन्, जंङ्गलमा शौच गर्दा समुदायले हेर्न नजर नै फरक हुँदो रहेछ’ उनले थपे ।

यस्तै बैजनाथ गाउँपालिका १ च्याँमाका लाहनु थारुका पिडा पनि कम छैनन् । ५० वर्षदेखि शौचालय नहुँदाको पिडाले निकै सताएको छ उनलाई । ‘पालिकाले शौचालय बनाउने भनेको थियो निवेदन पनि पेश गर्‍र्यो तर पछि के भो हामीलाई केही जानकारी आएन’ उनले भने, ‘तर अझै पनि सहयोगको अपेक्षा गरेका छौं थोरै सहयोग भयो भने शौचालय बनाउर्थे, पाँच वर्ष भयो तर कसैले सहयोग गर्नुभएन ।’ विपन्न परिवारहरुले नै भोट दिएर जिताउँछौं तर विपन्न परिवार कै समस्या बुझ्दैनन् उनले दुःख व्यक्त गरे । पालिकामा अझै विपन्नताले शौचालय विहिन छन् । शौचालय बनाउने भनी विभिन्न आश्वासन दिएपनि अझै शौचालय बनेका छैनन् ।

बैजनाथ गाउँपालिकामा पाँच वर्षभन्दा बढि भयो दिशामुक्त पालिका घोषणा भएको तर जनताहरुको घरमा शौचालय छैन । पालिकाभरी खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएर अन्तिममा बाँके जिल्ला नै २०७५ असार २८ गते दिशामुक्त क्षेत्र घोषणा भयो । बाँके जिल्ला खुला दिसामुक्त हुने मुलुक मध्ये ५७ औं र तराईको ९ औं जिल्ला पर्दछ ।

खुल्ला दिशामुक्त घोषणा भइसकेकोले बैजनाथ गाउँपालिकाले शौचालय निर्माण सम्बन्धी कुनै योजना नल्याएको बैजनाथ गाउँपालिका १ का अध्यक्ष रुप बहादुर मल्लले बताए । ‘पहिलो चुनाव हुने बेलामा घरदैलोमा गएका थियौं, तर शौचालय छ या छैन भनेर हामीले सोधेनौँ, उनले भने, ‘तर तपाईहरुका समस्या समाधान हुन्छन् भनेका थियौं ।’ तर २१ औं शताब्दीमा शौच गर्ने जंगल जानु भनेको निकै लाजमर्दो विषय हो । त्यसको लागि वडाबाट नभएपनि व्यक्तिगत रुपमा सहयोग गरी शौचालय निर्माण गराउने अध्यक्ष मल्लले बताए ।

यस्तै शौचालय नभएको बारेमा आफु जानकार नभएको बैजनाथ वडा नम्बर १ एमालेका अध्यक्ष धन भक्त बुढाले बताए । ‘पहिलो निर्वाचनमा वडा अध्यक्षलाई जिताऊ अभियान लिएर घरघर गयौं तर त्यो बेलामा शौचालय छ या छैन भनेर सोधेनौं, ‘तर यो विषय गम्भिर हो यसलाई समाधानका लागि हाम्रो पार्टी लाग्नेछ उनले भने ।’

यस्तै नेकपा माओवादी केन्द्र बैजनाथ वडा नम्बर १ का अध्यक्ष शैलेन्द्र बुढाले दिशामुक्त क्षेत्र घोषणा भएको पाँच वर्ष भएपनि अझै शौचालय नहुनु भनेको निकै दुःखदायी विषय भएको बताए ।इमान्दारीताका साथ भन्छु यो विषयमा जानकार छैन । ‘चुनावमा एक पटक च्यामा गाउँमा तर अहिले धेरै भयो नगएको’ उनले भने, ‘अब फेरी चुनाव आउन लागेको छ अब जानुपर्ला ।’ शौचालय नभएको विपन्न परिवार कति घुरधुरी रहेछन् तथ्थांक निकालेर तुरुन्तै समस्या समाधान गर्ने अध्यक्ष बुढाले बताए ।

यस्तै नेपाली काँग्रेसका बैजनाथ वडा नम्बर १ अध्यक्ष शुर विक्रिम शाहले पनि च्याँमा गाउँमा शौचालय छै्रनन् भन्ने विषयमा पूर्ण रुपमा जानकारी नभएको बताए । ‘पालिकालाई खुला शौचालय मुक्त क्षेत्र घोषणा गर्ने बेलामा सबै घरधुरीमा गएको याद छ तर ठ्याक्कै भन्न सकिएन’ उनले भने, ‘तर काँही कतै छुटेको भए यथास्थिति बुझेर सहयोग गर्नेछौं ।’