संघर्षले सफलता : खाडीको दुःखदेखि अस्पतालको यात्रासम्म

विदेशमा होइन स्वदेशमै कडा मेहनत र परिश्रममा गर्‍र्यो भने सफल भइन्छ भन्ने ज्वलन्त उदारण हुन् धर्माराज उपाध्याय । नेपालमा केही गर्छु भन्ने व्यक्तिलाई उर्जा, हौसला, उत्प्रेरणा दिनुपर्छ भन्ने सोच राख्छन् उनी । आर्थिक अभावले उच्च शिक्षा हासिल गर्ने नपाएपछि विदेश हानिए । तर उनलाई विदेश जान रहर थिएन । साउदी र मलेसियामा ६ वर्षसम्म दुःख गरे । उनी नेपाल फर्किएपछि फेरी विदेश जान मन लागेन । लाग्र्थो पनि कसरी ? विदेशमा २४ घण्टामा २० घण्टा काम गर्नुपथ्र्यो । त्यसरी नै नेपालमा सानो व्यवसाय गरे पनि निकै फस्टाउने उनी बताउँछन् । नेपालमा नै केही गरौं भन्ने सोच भएका युवाहरुलाई साथ सहयोग गर्ने भावना छ उनी माथि ।

बुवा कृष्ण प्रासाद उपाध्याय र आमा इन्द्राकली उपाध्यायको कोखबाट २०३७ साल चैत्र १ गते दैलेखको कुसेपानी गाविसको गुम्लेखानीमा जन्म भएको थियो । उनको ३ भाई छन् । उनी माइला छोरा हुन् । उनका अहिले दुई जुम्लाह छोरी छन् । उनको स-परिवार सहित दैलेखबाट सानो उमेरमा बर्दियाको रम्बापुरमा बसाई सरे । १ देखि १० कक्षासम्म जनता माध्यमिक विद्यालय रम्बापुरमा पुरा गरे । तर प्रविणता तह नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्समा अध्ययन गरे । उनले प्रविणता तह अध्ययन गर्ने क्रममा कोठाभाडा, खाना बस्न जोह गर्नका एबीसी स्कुल धम्बोजी नेपालगञ्जमा अध्यापन गराउर्थे । तर त्यसले स्नातक तहसम्म अध्ययन गर्न पैसाको अभाव भयो । अभाव अट्कीएपछि विदेश हानिए । उनको हातमा कुनै सिप थिएन । लेभरको रुपमा काम गर्ने साउदी हुँदै मलेसियासम्म पुगे । ६ वर्षपछि घर फर्किए । स्वदेशमै केही गर्नुपर्छ भन्ने स्वभाव थियो । २०६४ सालमा कोहलपुर पिपल चौतारा नजिकै शेषकान्त शर्माको घरमा कपडा व्यवसाय सुरु गरे । ससुराली तिर साला र जेठान कपडा व्यापारी भएकाले कपडा व्यवसाय गर्ने उत्प्रेरणा मिल्यो ।

१४ वर्षसम्म कपडा व्यवसाय गरे । तर विडम्बना विश्वमा महामारीले फैलियो । एकै दिनमा हजारौ बढिको मृत्यु भएको खबर आउँछन् । ढिलोचाडो नेपालसम्म असर गर्‍र्यो । जसले नेपाल सरकारले लकडाउन भयो । लकडाउनमा अस्पताल सबै बन्द भए । सबै क्षेत्र अस्थबेस्थ भए । नेपालमा एकै दिन सयौंको संख्यामा अस्पतालमा बेड र अक्सिजन नपाएर छटपटिएर मृत्यु भए । यो महामारीमा कपडा व्यवयायी गरेर दीनदुखीको सेवा गर्ने सकिँदो रहेनछ भन्ने लाग्यो । अस्पतालबाट नै सेवा दिन सकिन्छ भन्ने धारण आयो । महामारीमा औषधि नपाएर मृत्यु भएका खबरले निकै दुःख तुल्याएको उनको मन अस्पताल सञ्चालन हुने भएपछि केही राहत मिल्यो ।

प्रकाश राना, तेजेन्द्र रोकाय, प्रेम प्रसाद पाण्डे, रत्न चन्द र धर्माको टिमले १ करोड ५० लाखमा अस्पताल सञ्चालन गरे । अहिले गरिब, विपन्न, आर्थिक असायहरुलाई शौलियत रुपमा नै उपचार गरिएको सञ्चालक उपाध्याय बताउँछन् । उपाध्यायले अहिले पाँच जनालाई रोजगार दिएका छन् भने २५ जनासम्मको रोजगारीको व्यवस्था गर्ने लक्ष्य राखेका छन् । अहिले उनको अस्पतालमा बालरोग, स्त्री तथा प्रस्तुती रोग, हाडजोर्नी, बाध, नशा सम्बन्धी रोग, नाक, कान, घाँटी र मानसिक रोग सम्बन्धी सेवा साथै सर्जरी (घाँउ, पिलो, गाठाँ गुठी, स्तन) भिडियो एक्सरे, डिजिटल एक्सरे, इ.सी.जि, इन्डोस्कोपी लगायतका सेवा दिइने उपाध्याय बताउँछन् ।