२०४६ सालको जनआन्दोलनको राजापुर क्षेत्र भरीका सबै माध्यमिक बिद्यालयहरुमा प्रचारप्रसार गर्दा झण्डै १५ दिन जति लाग्यो । आन्दोलनका समर्थकहरुले राम्रो सहयोग र आतिथ्यता ग्रहण गराउनु भयो । कसैले दुध दही घिउ संग खाना खुवाउनु भयो भने कतिले लोकल कुखुराको स्वादिलो मासु खुवाउनु भयो । वहाँहरु प्रति अझै पनि आभार ब्यक्त गर्न चाहान्छु । यति १५ दिन जतिको संगै बसाई र प्रचार प्रसार पछी मुक्ति रेग्मी, म र टी।एल। रिजाल जी छुट्टीएर आ—आफ्नो घर तिर लाग्यौं ।
म गुलरियाको बंगलामुखि मन्दिर नजिक भएको मेरो घरमा डराउदै र लुक्दै आईपुगे । म घर आईपुगेपछी मेरी मातापिता अत्यन्त खुशी हुनभयो र घरमा प्रहरीका सुराकीहरुले खोजीरहेको भन्ने कुरा जानकारी गराउनु भयो । म त्यतिबेला आदरणिय बरिष्ठ अधिवक्ता ऋषीराम काफ्ले ज्युको ल फर्ममा बेलामौकामा ल प्रेक्टिस सिक्न र सल्लाह लिन जाने गर्थिएं । त्यही भयर होला प्रहरीहरुले मेरोबारेमा अधिवक्ता श्री ऋषीराम काफ्ले ज्युसंग पनि खोजीनिति गरेछन् । वहाँलाई म आन्दोलनमा लागीसकेको थाहा थिएन र मैले भन्ने कुरा पनि भएन । वहाँले प्रहरीलाई या केटा यस्तो काममा लागेको छैन भन्ने जवाफ दिनु भएछ । वहाँ पनि प्रजातन्त्रकै पक्षमा हुनुहुन्थ्यो । आदरणिय गुरुबुवाले पनि प्रहरीहरु खोजी गर्दैछन् भन्ने जानकारी गराउनु भयो । यसरी खोजी भैरहेकोले म घरमा नबस्ने भए । साथिहरुको मा गयर सुत्ने भएँ । आमाबुवालाई भेट्नुपर्दा र खाना खानुपर्दा श्रीधर गौतम सर ९गुरु बवा० को घर पछाडी भेट्ने र खाना खाने गर्थिएँ ।
मिति याद छैन तर माघ महिना २०४६ साल हो, मेरो घर नजिकै कृषि बिकास कार्यालय छ । त्यहाँ साँस्कृतिक कार्यक्रम थियो । मलाई पनि त्यो कार्यक्रम हेर्न मन् लाग्यो । अब कसरी जाने भन्ने चिन्ताले सताउन थाल्यो । म थारुको छोरा र मेरो हजुरबुवा तथा बुवा कृषक । मेरो बुवा र हजुर बुवाले आजीवन थारुहरुले लगाउने धोती कुर्ता लगाउनु भयो र त्यतिबेला हाम्रो घरमा दुई चार वटा हुन्थ्यो । त्यही धातीकुर्ता लगाएँ र शिरमा किसानले लगाउने जस्तो पोक्टा ९थारुमा शिरमा गम्छा वा धोती बाँध्ने लाई पोक्टा पार्ने भन्छन्० पारेर त्यो साँस्कृतिक कार्यक्रम हेर्न
गएँ । भिडको सबै भन्दा पछाडी उभिएर साँस्कृतिक कार्यक्रम हेर्दै थिएँ र कोही कसैले चिनिहाल्छन् भन्ने कुरामा चनाखो पनि थिएँ । म सँधै पाईन्ट सर्ट लगाउने गर्थिएँ, त्यसैले होला कसैले चिन्न सकेनन् । तर बिडम्बना त्यतिबेला प्रहरीको जासुस एक जना त्रिभुवन भन्ने ब्यक्ति थिए ।
उनले मलाई देखेपछी यो बासु हो वा होईन भन्ने कुरामा सोधीखोजी गर्न थाले । तर उनले मलाई नसोधेर अरु ब्यक्तिहरुसंग सोध्न थाले । अरुले उसैलाई सोध्द हुन्छ नि , बासु नै हो भने काम भैहाल्यो , होईन भने सोधेर केही बिग्रिने होईन भन्ने सल्लाह दिएछन् । यो कुरा मैले सुईंको पाईहाले । त्यसपछी त के को साँस्कृतिक कार्यक्रम हेर्नु । कृषि बिकास कार्यालयको पश्चिम तर्फ गोहुँ लहलह थियो, त्यही गोहुँबारीको बिचमा गएर घस्रिदै अलिक पर पुगेपछी सुईंकुच्चा ठोके र त्यतिबेलाका का मेरा अनन्य मित्र युवराज श्रेष्ठको घरमा गएर शरण लिए । उनका पिता भिम बहादुर श्रेष्ठ ९हाल वाहाँको भौतिक शरीर छैन० पञ्चायती सरकारको पालपोत कार्यालयमा कर्मचारी भएतापनि वहाँ प्रजातन्त्र प्रेमी हुनुहुन्थ्यो । वहाँ र मित्र युवराज श्रेष्ठले मलाई आश्रय दिनु भयो । मलाई पोक्टा तथा धातीकुर्तामा देख्दा एकछिन् त वहाँहरुले चिन्नै सक्नु भएन । म बासु भएको भनेपछी बल्ला चिन्नु भयो । मैले बेलीबिस्तार लगाएपछी वहाँहरुले त्यहाँबाट मलाई उम्काउन साथ सहयोग दिनु भयो र युवराज श्रेष्ठ जीको पिता जीले केही आर्थिक सहयोग पनि दिनुभयो । यस्तो पोक्टा र थारु पहिरनमा भएको त्यतिबेलाको कुरालाई लिएर युवराज जी र म बिच बेलाबेलामा ठट्टा पनि गर्छौँ । वहाँहरुले मलाई उम्काउने साथसहयोग दिएपछी म हालको सन्तोषी टोल हुँदै बबई नदी तरेर भैसाही गाउँ हुँदै बढैया गाउँमा मामा घर पुगे र त्यहाँबाट सबेरै उठेर बाँके जिल्लाको थपुवा गाउँमा दिदी बेलासपतिको घरमा शरण
लिएँ ।
बालबालिकाहरु पनि अत्यन्त बजुर्गहरुले गर्ने चलाखी देखाउँछन् । पाँच छ बर्ष उमेर भएका बालबालिकाहरुले मलाई उनै प्रहरीका घुमुवा त्रिभुवनबाट बचाउन सहयोग गरेका छन् । मेरो टोलमा बिजय शर्मा, बिकास तथा बिनय बश्यालहरुको साथि समेत सात आठ जना बालबालिकाहरु ९अहिले त यिनीहरु बिवाह समेत गरेर बुवा बनिसके र आ—आफ्नो ब्यवसाय जागिरमा छन्० थिए । उनीहरु बंगलामुखि मन्दिरको अगाडी भएको कृष्ण प्रसाद बश्याल ९राकेश० जीको घर अगाडी खेल्दै थिए । म पनि यिनीहरुले खेलेको बडो मज्जा लिंदै हेर्दै थिएँ । यत्तिकैमा प्रहरीका घुमुवा उनै त्रिभुवन त्यहाँ आईपुगे । जिल्ला प्रहरी कार्यालयमा म घर आएको कुरा कसैकसैले सुराकी लगाएका रहेछन् । उनी मेरो परीवार र मलाई चिन्ने मान्छे नै हुन् । उनलाई म प्रहरी खोरमा पुगेको हेर्न ज्यादै आनन्द आउने भएर होला त्यो सुराकी लगाएका । जे होस उनी जस्ता दहीच्युरे मानिस पनि हुने रहेछन् । सुराकी पाएपछी त्रिभुवनलाई मलाई प्रहरी कार्यालयमा लिएर आउन हुकुम भएछ । मेरो भाग्यले मलाई साथ दिएको रहेछ, घुमुवा त्रिभुवनले मेरो अनुहार चिन्दा रहेनछन् ।
उनले मलाई नै आएर बासु चौधरीलाई देख्नु भा छ, उनी कहाँ छन् भनेर सोध्न थाले । म अलिक अकमकिदैँ थिएँ । यत्तिकैमा उनै बालबालिकाहरुले उनलाई मेरो घर भएतिर देखाएर उतै हुनुहुन्छ भने । त्रिभुवन जी मेरो घरतिर मलाई छाडेर मलाई खोज्न गए र म यता राकेशको घर पछाडी भएको खल्ला तिर हुईकिएँ । मेरो घर नपुग्दै एकजना बडो जानकार बन्न चाहने बुज्रुक महानुभावले बासु त तपाईँले भेटेको मान्छे नै हो भनेर फेरी चिनाई दिएछन् । त्रिभुवन जी मलाई समाउन उनै बालबालिकाहरु खेलीरहेको ठाउँमा एकै छिन्मा आईपुगे । बालबालिकाहरुसंग फेरी सोधेछन् कता गयो भनेर । बालबालिकाहरुले म दक्षिण तिर भागेको बताएछन् र हाँसेर मज्जा लिएछन् जबकी म उत्तर तिर गएको उनीहरुलाई राम्ररी थाहा थियो । बिकास बिजय बिनय र यिनीहरु ती बालसखाहरुलाई अझै पनि धन्यवाद दिन चाहन्छु । क्रमशः
फेसबुकबाट : Basu Dev Basu
काेहलपुर टुडे । २५ मंसिर २०७८, शनिबार १५:००