आँखा चिम्लेर सोच्नुहोस् त, तपाईंको शरीरमा प्रत्येक पटक कति अक्सिजन प्रवेश गर्छ ? कहाँसम्म गर्छ ? दिनभरमा तपाईंले कति अक्सिजन लिनुहुन्छ ?
चलनचल्तीमा भनिन्छ, ‘यो शरीर भनेको एक मुठी सास न हो !
त्यो एक मुठी सासले शरीरलाई कसरी जागा र ताजा राख्छ ? यी रोचक प्रश्न हुन् । अक्सिजनले वास्तवमा शरीरभित्र के के गर्छ ? किन यो नभई हुन्न ?
अक्सिजन भनेको के हो ?
अक्सिजन भनेको एक प्रकारको ग्याँस हो । जुन ग्याँस शरीरलाई चलाउनको लागि ऊर्जाको रूपमा प्रयोग हुन्छ । जसरी ग्याँसमा खाना पकाएपछि मात्र खाना पाक्छ ।
त्यस्तै, शरीरलाई ऊर्जा दिएर चलाउन यो ग्याँस आवश्यक छ । जसलाई अक्सिजन भनिन्छ । अक्सिजन विना व्यक्ति १० मिनेट पनि बाँच्न सकिंदैन । त्यसैले, यसलाई प्राणवायु पनि भनिन्छ ।
अक्सिजन कसरी प्राप्त हुन्छ ?
हाम्रो आँखा वरपर अक्सिजन हुन्छ । अर्थात् वायुमण्डलमा अक्सिजन चारैतर्पm घुमिरहेको हुन्छ । जुन छान्निएर वा रिसाइकल भएर मानवले २४ घण्टै लिइरहेको हुन्छ । जुन वनस्पतिबाट प्राप्त हुन्छ ।
वनस्पतिले कसरी अक्सिजन दिन्छ ?
हामीले लिने प्रत्येक पलको सासमा अक्सिजन हुन्छ । जुन शरीरमा पुगेर कार्बनडाइअक्साइडको रूपमा बाहिरिन्छ । कार्बनडाइअक्साइडलाई बोटबिरुवाले ग्रहण गरी अक्सिजनको रूपमा रूपान्तरण गर्छ । यसरी नै यो प्रक्रिया निरन्तर चलिरहन्छ ।
वायुमण्डलमा कति मात्रामा अक्सिजन ग्याँस हुन्छ ?
वायुमण्डलमा करिब २१ प्रतिशत भाग अक्सिजनको रहेको हुन्छ भने ७८ प्रतिशत नाइट्रोजन र १ प्रतिशत आर्गन, कार्बनडाइअक्साइड लगायत अन्य ग्याँस रहेको हुन्छ । जसमध्ये शरीरलाई चलाउने वा प्राण भर्ने काम अक्सिजन ग्याँसको हुन्छ ।
अक्सिजन नाक हुँदै शरीरमा पुग्ने प्रक्रिया कस्तो हुन्छ ?
हाम्रो नाकले दुईवटा प्वालबाट अक्सिजन सासको माध्यमबाट प्रवेश गरी अन्ननली हुँदै ल्यारेन्क्स र भोकल कर्ड बीचबाट श्वासनलीमा छिर्छ ।
श्वासनलीमा छिरेपछि दाइने र देब्रे फोक्सोमा विभाजित हुन्छ । जसलाई ब्रोन्कस भनिन्छ । ती ब्रोन्कसबाट विभाजित हुँदै जाँदा नजिकैको रगतको नसामा पुग्छ । रगतमा पुगेपछि त्यहाँ भएको कार्बनडाइअक्साइड बाहिरिन्छ । र, कार्बनडाइअक्साइडको ठाउँ अक्सिजनले लिन्छ ।
रगतको माध्यमबाट शरीरको सम्पूर्ण भागमा पुग्छ । त्यसपछि अक्सिजनको मुख्य कामहरू सुरु हुन्छ । अक्सिजनले हरेक अंगको कामको लागि ऊर्जा निकाल्ने काम गर्छ ।
शरीरमा एउटा कोषभित्र माइक्रोकोन्डिया भन्ने भाग हुन्छ जसले खाएको खाना र रगतमा भएको अक्सिजनलाई ऊर्जामा रूपान्तरण गरिदिन्छ । त्यो ऊर्जाले पुनः हामीले खाएको खानालाई टुक्राएर पानी र कार्बनडाइअक्साइडमा रूपान्तरण गर्छ ।
हाम्रो शरीरमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ६५ प्रतिशत मात्रा अक्सिजनकै हुन्छ हामीले खानामा ग्रहण गर्ने प्रोटिन, कार्बोहाइड्रेट वा भिटामिन नै किन नहोस्, अक्सिजनको उपस्थिति रहेकै हुन्छ । हामीले खानामा ग्रहण गर्ने प्रोटिन, कार्बोहाइड्रेट वा भिटामिन नै किन नहोस्, अक्सिजनको उपस्थिति रहेकै हुन्छ ।
फोक्सो र अक्सिजन एक–अर्काको परिपूरक भन्न मिल्छ ?
फोक्सो र अक्सिजन एक–अर्काको परिपूरक नै हुन् । बाहिरबाट आएको अक्सिजनलाई फोक्सोले शुद्ध गरेर रगतमा पठाउँछ । फोक्सो विना अक्सिजन रगतमा मिसिन पाउँदैन । र, फोक्सोको विकल्पमा अरू कुनै त्यस्तो अंग छैन जसले अक्सिजनलाई शुद्ध पारोस् ! तर, जनावरमा भने फोक्सो बाहेक छाला र गिल्सबाट अक्सिजनलाई शुद्ध गर्ने माध्यम छ ।
शरीरमा कतिबेला अक्सिजनको स्तरमा कमी हुन्छ ?
अक्सिजनको स्तर जति ठूलो उचाइमा पुग्यो त्यति कम हुँदै जान्छ । र, समुद्री सतहमा अक्सिजन बढी हुन्छ । त्यही भएर पहाडमा चढ्दा अक्सिजन नपुगेर मानिसहरूलाई लेक लाग्न सक्छ ।
के त्यसो भए पहाडमा बस्नेहरूमा अक्सिजनको स्तर कम हुन्छ ?
त्यस्तो पक्कै होइन । शरीरमा ७० देखि ९० प्रतिशत अक्सिजन भए सामान्य जीवनयापन गर्न सक्छन् । पहाडमा पनि यही औसतमा अक्सिजन हुन्छ । र, यहाँ सधैं बस्नेहरूमा शरीरले हेमोग्लोबिनको मात्रा बढाइदिन्छ । उनीहरूको गाला पनि हेर्दा रातो देखिन्छ । किनकि हेमोग्लोबिनले अक्सिजनको मात्रा नियन्त्रण गर्न खटिरहेको हुन्छ । तर, दमका बिरामीलाई भने तराई भन्दा पहाडमा बस्दा दम स्वाभाविक रूपमा बढ्ने गर्छ ।
शरीरले अक्सिजन लिन नसक्ने वा कम हुने अवस्थाहरू छन् ?
स्वास्थ्यमा गम्भीर समस्या हुँदा शरीरले अक्सिजन लिन सक्दैन । जस्तो कि मस्तिष्कमा सास फेर्ने र तान्ने केन्द्र हुन्छ । यो केन्द्रले काम गर्न सकेन भने पनि शरीरले अक्सिजन ग्रहण गर्न सक्दैन । अर्को भनेको छाती र फोक्सोमा समस्या हुँदा पनि अक्सिजन कम हुन्छ । त्यस्तै, छातीमा दीर्घकालीन रूपमा भएका दम र भेन्टिलेसनमा भएका बिरामीमा पनि अक्सिजनको कमी हुन्छ ।
मुटुको काम भनेको अक्सिजन पम्प गर्नु हो । तर, कतिपय मुटुको समस्यामा पम्प गर्ने क्षमता छैन भने पनि अक्सिजन स्तर कमी हुन्छ । फोक्सोमा हावा छिरेर फोक्सो खुम्चिएमा पनि अक्सिजन फोक्सोले लिन सक्दैन । रक्त नसामा रगत जमेमा पनि अक्सिजन हुन्छ ।
पिसाबको संक्रमण शरीरका सबै भागमा पुग्दा, छातीमा संक्रमण, निमोनिया, दमले कृत्रिम अक्सिजनको आवश्यक हुन्छ ।
त्यस्तै, पारालाइसिस भएका केही बिरामीमा पनि अक्सिजन दिनुपर्ने हुनसक्छ । किनकि उनीहरूको मस्तिष्कमा अक्सिजन लिनुपर्छ भन्ने सचेत पार्ने नसाले काम गर्न सक्दैन ।
अक्सिजनको मात्रा कतिलाई सामान्य मान्ने ?
अक्सिजनको औसत मात्रा वा स्वस्थ रहेको संकेतको मात्रा भनेको पल्स अक्सोमिटरले नाप्दा ९६ भन्दा माथि आउनुपर्छ । दमको बिरामीमा ८८ भन्दा माथि हुनु पनि सामान्य मान्न सकिन्छ । तर, ८८ भन्दा कम स्तरलाई अक्सिजनको स्तर कम भएको मानिन्छ । यस्तोमा कृत्रिम अक्सिजनको आवश्यक पर्छ ।
अधिकांश वृद्धहरूमा अक्सिजनको कमी भएको देखिरहेका हुन्छौं ? के उमेर बढ्दै फोक्सोसँगै अक्सिजनको मात्रा पनि घट्छ ?
शरीरमा ३० वर्षसम्म रहँदा अक्सिजनको मात्रा पनि तन्दुरुस्त नै हुन्छ । तर, ३० वर्षपछि ३० एमएलको मात्रामा वर्षै पिच्छे घट्दै जान्छ । धूम्रपान गर्ने, दाउरामा खाना पकाउने र प्रदूषित वातावारणमा बस्नेहरूको अक्सिजनको स्तर लिने क्षमता ५० र सय एमएल जस्तो घट्ने क्रम हुन्छ ।
अक्सिजनको स्तर कम भएको कसरी थाहा पाउने ? के कस्ता लक्षण देखिन्छ ?
अक्सिजनको स्तर कम भएमा अचानक सास फेर्न कठिन हुने, थकान अनुभव हुने, स्याँ–स्याँ हुने, छिटो–छिटो सासको गति बढ्ने, अक्सिजनको मात्रा अति नै घटे हातहरू निलो हुँदै आउँछन् । मस्तिष्कमा अक्सिजन नपुगेमा बेहोसी कुरा गर्ने र अति नै कम भएमा बेहोस हुने अवस्था हुन्छ ।
उमेर बढ्दै गएपछि अक्सिजनको मात्रा घट्दै जान्छ ?
शरीर ३० वर्षसम्म रहँदा अक्सिजन पनि तन्दुरुस्त नै हुन्छ । तर, यो उमेर पछि ३० एमएल जति वर्षैपिच्छे घट्दै जान्छ । धूम्रपान गर्ने, दाउरामा खाना पकाउने र प्रदूषित वातावरणमा बस्नेहरूको अक्सिजनको स्तर लिने क्षमता ५० र १०० एमएल जस्तो घट्ने क्रम हुन्छ ।
त्यसो त अक्सिजनको लेभल घटिरहेको हुन्छ, त्यसमा माथि फोक्सोमा दमको समस्या भएमा वृद्ध भएपछि अक्सिजनको कमी हुनसक्छ । यसो हेर्दा अधिकांश वृद्धहरूले अक्सिजन लगाएको देखिन्छ । यसको पछाडिको कारण वृद्ध हुने वित्तिकै अक्सिजन चाहिन्छ भन्ने होइन । बरु जनसंख्याको २२ देखि २५ प्रतिशत वृद्धमा दमको समस्या देखिन्छ । त्यही मध्येका वृद्धमा आँखामा पुगेको हुन्छ ।
कहिलेकाहीं अचानक किन अक्सिजनको कमीले स्वस्थ व्यक्ति पनि निसास्सिएको जस्तो हुन्छ ?
कुनै कुराको एलर्जी भएमा श्वासनली खुम्चिएर केही बेर अक्सिजन कम हुन्छ । जसकारण केही सेकेण्ड निसास्सिएको जस्तो हुन्छ । त्यस्तै, धेरै दौडिएमा अक्सिजन बढी चाहिन्छ । छिटो सबै ठाउँमा अक्सिजन पु¥याउनुपर्ने भएकोले छिटो स्याँ–स्याँ हुने र अस्थायी रूपमा निसास्सिएको हुनसक्छ ।
अर्को भनेको मानसिक समस्या जस्तै युवामा मानसिक समस्या एन्जाइटी, डिप्रेसनले पनि केही सेकेण्ड निसास्सिएको जस्तो अनुभव हुनसक्छ । जसलाई हाइपर भेन्टिलेसन भनिन्छ ।
कृत्रिम अक्सिजन कसरी बनाइन्छ ?
अक्सिजन कन्सर्नट्रेटर भनेको वातावरणमा भएको २१ प्रतिशत अक्सिजनलाई ट्यांकरको क्षमता अनुसार भण्डारण गरिन्छ । जसको लागि केही केमिकलले हावालाई तानेर अक्सिजनको मात्रा बढाएर राखिन्छ ।
वातावरण प्रदूषणले अक्सिजनको शुद्धतामा कस्तो प्रभाव पारेको छ ?
सन् १९५० भन्दा अघि प्रदूषणबारे चर्चा हुँदैनथ्यो । श्वासनली, सासको संक्रमणको बिरामी औद्योगिक कारखानाका कारण इङ्गल्याण्डमा बढे । त्यसपछि विश्वव्यापी रूपमा यस सम्बन्धी समस्या बारे सचेतना बढ्यो । शहरी क्षेत्रमा औद्योगिक कलकारखाना, जनसंख्याको ठूलो चाप, मानिस पिच्छे गाडीको धुवाँ–धुलोले वायुमण्डलमा प्रभाव पारिरहेको छ । जसले हामीले लिने अक्सिजनमा पनि प्रभाव पारेको छ ।
उदाहरणका लागि काठमाडौंमा हेर्दा यहाँ धूलोमा १० माइक्रोमिटरभन्दा तलका कणहरू रहेका छन् । यस्तो भएमा कुनै पनि धूलोको कण सिधै फोक्सोको भित्री भागसम्म पुग्छ । जहाँ फोक्सोले रगतमा अक्सिजन मिश्रण गर्छ । यस्तो धुलो काठमाडौंमा धेरै छ । गाडीको धुवाँ र धूलोमा यस्तो समस्या बढी हुन्छ ।
कतिपय धूलो मुख, आँखा र नाकले छेक्छ । नाक, आँखाले समेत छेक्न नसक्ने १० माइक्रोमिटर भन्दा साना धूलोका कणहरू सिधै फोक्सोमा पुग्छन् । प्रदूषण घर बाहिर मात्र नभई घरभित्र पनि हुन्छ । गाउँघरमा दिनहुँ खाना पकाउँदा प्रयोग हुने ग्याँस, आगोको धूलो, तमाखु, चुरोटको धुवाँले फोक्सो विस्तारै विस्तारै बिगारेको हुन्छ । फोक्सो बिग्रिएमा अक्सिजन लिने क्षमता घटिरहन्छ ।
प्रतिक्रिया दिनुहोस्