१११ औं जन्मजयन्तिको अवसरमा विपिका साहित्यक कृतिमा समिक्षा

भगवती पोख्रेल, कोहलपुर

विशिष्ट साहित्य साधक विश्वेश्वरप्रसाद कोइरालाको १११ औ जन्मजयन्तिको अवसरमा कोहलपुर स्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले विपिद्वारा लिखित साहित्य सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको आयोजनामा १११औ वी पी जयन्ती अवसरमा वी.पी. द्वारा लिखित साहित्यक कृतिहरूमा समिक्षा कार्यक्रममा बोल्दै नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व सदस्य सचिव एवम् वरिष्ठ कथाकार सनत रेग्मीले विपिको राजनीतिक तथा साहित्यक योगदानको चर्चा गरेका थिए ।

प्रमुख आतिथि समेत रहेका रेग्मीले विपिको सिद्धान्त लाई वर्तमान कांग्रेअसी नेताले अंगिकार गर्न नसकेको समेत वताए । यसै गरि विशिस्ट अतिथि त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक एवम् वरिष्ठ समालोचक हरिप्रसाद तिमिल्सिनाले विपिका विभिन्न साहित्यक पुस्तकहरुको चर्चा गर्दै नेपाली साहित्यका तारा भएको वताए । उनको राजनीती क्षेत्रमा पनि योगदान भएको वताए । उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री भनिएतापनी नेपालको २२ औ प्रधानमन्त्री भएको वताए ।

कार्यक्रममा हाम्रो पुर्णिमा साहित्य प्रतिस्ठानका अध्यक्ष पुस्करनाथ रिजाल, कोहलपुर नगरपालिकाका शिक्षा विज्ञ जित बहादुर शाह, उप प्राध्यापक खोपिराम वलि क्षेत्री, सामुदायिक पुस्तकालय संघ लुम्बिनी प्रदेश सल्लाहकार गोविन्द प्रसाद पान्डे, लेखकहरु सागर गैरे, अन्जु न्यौपाने, तुलसी पौडेल, कपिल अन्जान उप प्राध्यापक जेन्टिल गौतम, प्रकाश मरासिनी साहित्यकार चन्द्रवती अधिकारी, छत्र रेग्मी, पुस्तकालयका सल्लाहकार जयकृष्ण न्यौपाने, रेडक्रस उपशाखा कोहलपुरका बासुदेव उपाध्याय, विक्रम शिशिर, कोहलपुर टुडेका कार्यकारी सम्पादक डिल्ली शाही, विद्यार्थी नेताहरु नवराज वि.क. लक्ष्य केसि , विपिन शाही जयश्वर पौडेल तथा कोहलपुर नगरपालिका वडा नं -११ का पुर्व अध्यक्ष कर्ण बहादुर थापाको उपस्थित थियो ।

पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको सभापतित्वमा भएको कार्यक्रम पुस्तकालयका सचिव एकराज शर्माले सन्चालन गरेका थिए । शर्माका अनुसार हरिप्रसाद तिमिल्सिनाले विपिको बारेमा यसरी उल्लेख गरेको समेत कोहलपुर टुडेलाई जानकारी दिए ।

विपिको वारेमा यस्तो छ विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४ २०३९ साउन नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार थिए। सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए। नेपाली भाषा साहित्यमामा उनले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए ।

साहित्यिक योगदान

प्रसिद्ध राजनीतिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता विश्वेश्वरप्रसाद कोइराला स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाडमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयां परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् । कोइराला नेपाली आख्यानमा मनोविश्लेषण भित्रयाउने पहिलो आख्यानकार समेत हुन् ।

वीपीका उपन्यास
तीन घुम्ती :
यसमा नारीका तीन रुप प्रेमिका, पत्नि र आमा को चित्रण गरिएको छ । एउटी नारीको तीनवटा छुट्टा छौ निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसग यौनत्रिप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीक्रित भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो। यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको सङ्घर्षको कथा हो तीन घुम्ती। यस उपन्यासमा इन्द्रमायाको मनोदशालाई उपन्यासकारले केलाएका छन्। इन्द्रमाया भित्रको मनको भाव समय अन्तरालमा परिवर्तन हुदै गएर पटक पटक एउटा बिशिष्ट मोड अर्थात निर्णयमा पुग्छ। ती हुन् पति ग्रहण, गर्भधारण र मातृत्वप्रेम ।

पहिलो मोड, जसमा (इन्द्रमायाको घरमा उस्को बिबाहको कुरा चल्छ, अर्कोतर्फ इन्द्रमायाको पीताम्बर प्रतिको प्रेम हुर्कदै आएको हुन्छ । यो अवस्थामा घर छाडेर इन्द्रमायाले उसको स्वतन्त्र रोजाईमा पीताम्बरलाई स्वयंबरण गर्छ। यो उसको रोजाई हो। (पति ग्रहण)।

दोश्रो मोड, शरीर र मनको आन्तरिक आग्रहले इन्द्रमायाले पतिवाट यौन सुख र सन्तान चाहन्छे । तर पतिवाट त्यो यौन सुख र सन्तान प्राप्त हुँदैन। नीतिबादको परामर्शमा उमेर क्षयगर्दै प्रतीक्षामा कहिले सम्म चोखी पत्नी उभीइ रहनु नारी प्रकृति अनुसार यौन सुख र सन्तान रोज्छे, र देहधर्म अनुरुप परपुरुप रमेश संग सहबास गर्छ। जीवतात्विक स्वभाव मार्फत प्रकृक्तिले अङ्गाएको कार्य उसले स्वधर्मले गर्छ।

ण्तेश्रो मोड, छोरीलाई स्वीकार्न पीताबम्बर असमर्थ बन्छ। छोरी छाडेर उ इन्द्रमाया संग सम्बन्ध सहज बनाउन चाहन्छ तर छोरी छाड्ने करामा इन्द्रमाया सहमत हुन्न । रमेशबाट प्राप्त गरेको तृप्तिदायी देहिक बन्छ भन्ने कुरा देखाएका छन् । ठूलो मान्छे मानवीय संवेदनाशून्य हुने हुँदा असल मान्छे बन्नुपर्ने सल्लाह दिएका छन् ।

हिटलर र यहुदी :

जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ। कृष्ण र हिटलरलाई तुलनीय छटा देखाएर पूर्वीय मान्यतामै द्वन्द सृजना गरिएको छ र यो उपन्यासको नाम अनुसार ऐतिहासिक पृष्ठभूमिको झलकले भरिएको पनि छ। हिटलरले गरेको नरसंहार र युद्ध भयङ्करता देखाएर यसमा पनि शान्ति मूल आधार हो भन्ने कुरा प्रस्ट पारिएको छ । हिटलर र यहुदी उपन्यासमा आद्यबिम्ब, सामूहिक अचेतन र स्वप्न अभिव्यक्तिको प्रस छ। यो उपन्यासमा कोइरालाले हत्या, हिंसा, विध्वंसजस्ता कुराहरू आदिम मानवका आदिम प्रवृत्ति हुन् । ती प्रवृत्तिहरू सामूहिक अचेतनका माध्यमले वंशानुगत रूपमा हामीमा छन्। महाभारतको युद्धको निरन्तरता द्वितीय विश्वयुद्धमा देखियो । कृष्ण र हिटलरको प्रवृत्तिमा भिन्नता देखिएन भन्ने कुरा उनले यो उपन्यासमा बताएका छन्

बाबु, आमा र छोरा :

यो प्रकाशनका दृष्टिले पनि अन्तिम उपन्यास हो। यसमा नाम अनुसार नै तीन पात्रहरूको सम्बन्धको चित्रण गरिएको छ । बडो विचित्र र नेपाली समाजमा नपच्ने खालको कथाशङ्कला छ यसमा आफ्नै छोराकी गर्भवती प्रेमिकासँग बाबुको दोश्रो बिहे भई बाबुकी पत्नीको स्थान लिनु । यस उपन्यासमा यी तीनवटै पात्रहरूको मानसद्वन्द र यौन मनोविश्लेषणको चित्रण गरिएको छ। प्रेमकी त्रिकोणात्मकतासँगै यौनसमस्याको अप्रेसन गर्ने कार्य भएको छ यस उपन्यासमा । तर यस प्रकारको प्रस्तुति नेपाली समाजको त कुरै भएन, युरोपेली समाजमा पनि पाच्य हुन गाह्रो छ। यो उपन्यासमा छोराले प्रेम विवाह गरेर गर्भवती तुल्याएकी केटीलाई अनजानमै बाउले बिहे गरेका कारण परिवारमा तरंग आएको छ । उपन्यासकी नायिकाको इच्छाविपरीत विवाह भएकाले उसले पतिलाई हरप्रयासले चोट पुऱ्याउने प्रयास गर्छ ।

कथा

वी पी का कथाको विशेषतामा मनको अर्न्त यथार्तको सन्धन गर्ने सन्दर्भमा अचेतनको गहिराई पुग्न सक्ने क्षमता उनमा रहेको छ । अचेतन मन भित्र अमुर्त भाव र समवेदना तथा अनुभुतीहरु जब जागरुक हुन बाल्छन् चेतन मनमा हलचल मच्चीन बाल्छ। यसको प्रतिफल के हुन्छ भने पात्रहरु उत्तेजना र प्रतिकृ‌याको अवस्थामा देखिन थाल्दछन्। वी पी का यस्ता पात्रहरुले सामाजिक सांस्कृक्तिक मूल्य र मान्यताकै सिमा भित्र बसेर आफ्‌नो अस्तीत्वको परिचय दिन्छन् । फायडिय मान्यताका अनुयायी भए पनि उनले नेपाली माटो र परिवेशलाई सम्झेको हुदा कथाका पात्रको मनोवृतिमा सरकार र संस्कृक्ति आरोपण गरेर मात्र मनोविश्लेषणको तह सम्म पुग्ने काम गरेका छन्।

उनका अधिकास कथाहरु पात्रहरुको दृष्टि विन्दुलाई मनोगत यथार्त अनुकुल प्रभावकारी बनेका छन् । अन्तर विषयलाई नाटकियकरण दारा सत्याभाष र यथार्तको रहस्यलाई मुखर पार्दछन् । वी पी ले कथाको समग्र निष्कर्षलाई विश्वसनिय मान्यता भित्र समेटने र संक्त रुप विन्यासको संजाल भित्र सुबोध्य बिम्व प्रतिक सम्प्रेषणियतालाई समायोजन गर्ने जस्ता धर्म निर्वाह गर्न सकेका छन् । बी पी ले यौन जस्तो विषयको मर्यादित सिमा भित्र रही मान्छे भित्रको चेतना तत्वको मनोवैज्ञानिक स्वरुपलाई कथाको मूख्य बिषयवस्तु बनाएका छन् ।बानन्द, शाफ्नो गर्भको गौरब र अन्त्यमा माताको मर्यादा यी सबैलाई एउटा प्राप्तिको संरक्षणकालागि नागेर बस्न नहुने सोचेर पीताम्बरलाई नत्यागी पुत्रीलाई सधै पाईरह भन्ने चाहना राख्छे इन्दमाया पीताम्बरको अस्वीकृतिमा अन्ततः गृहत्याग गर।

तीन घुम्तीकी इन्द्रमाया अचेतन र चेतनर्मनको द्वन्द द्वारा निर्मित नारी हो। उसमाको काम वृत्तिले पति पीताम्बर छंदार्खदै उसकी अनुपस्थितिमा रमेशसंग अनैतिक र अमर्यादित समागममा अचेतनमनको बलियो आग्रहलाई दमन गर्न नसक्नुको दृष्टान्त हो। अचेतनले मर्यादा र निषेधलाई मान्दैन। तर, रमेश संगको समागमपछि उसको चेतन मन अमर्यादित भोगको अनौचित्यले कुण्ठित र विस्मित हुन्छ र प्रायश्चित गर्न बाल्छ। यो अति सचेत क्रिया हो। तीन घुम्तीमा इन्द्रमाया पीताम्बरबाट अतृप्त, लोग्नेको गिरफ्तारी पछि रमेशसगको सहबासबाट यो कामना पूरा गर्छ। यसरी प्राप्त सुख र सन्तानलाई अपमानित हुन नदिने अठोटले प्रियातत्वलाई त्यागेर अनिश्चितता र एकांकी जीवन बरण गर्न उद्दत हुन्छे।

सुम्निमा :

यो दुई भिन्न संस्कृक्तिको समन्वय, सम्मिस्रण गाथा हो। आर्य संस्कृतिमा आबद्ध सोमदत्त र किरात पुलोमा पुत्रप्राप्तिका निम्ति शाष्वसम्मत अनुष्ठान अनुसार यौनसम्पर्क राख्छन्। तर प्रेमबिनाकी जर्बजस्ती यौनमिलनले मात्र गर्भ नरहने बरु मानसकुण्ठा र विक्तिको विकास हुने तथ्य यसमा प्रस्ट पारिएको छ। पूजापाठ एवं आध्यात्मिक आचरणको परिपालन गर्ने आडम्बरद्वारा भौतिकतालाई विर्मन खोजियो भने स्व शान्ति मिल्दैन । स्वच्छन्द विचरण गर्ने किरांत पुत्री सुम्निमा संधै खुशी देखिन्छे, आनन्दमा रमाउँछे। प्रेमले सानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजिकअनुभुत गराउँछ भन्ने यो उपन्यास‌को सार हो।

वि.पि को सुम्निमा उपन्यासमा इख र सुपरइगोको द्वन्द गहिरो र सुक्ष्मरुपमा विश्लेषण गरिएको छ। चेतन र अचेतन मनको आदशौन्मुखी र रागात्मक वृत्तिको संघर्ष तर यथार्थ प्रक्रियाको रुपमा नायक नायिकाकी मानसिकतामा चित्रित छ । सुम्निमाका सोमदत्त र पुलोमामा देखिने विक्षिप्तता र विक्ति तथा शारीरिक दुर्वलताहरु अतृप्त बासनाले ल्याए‌को एक प्रकारको मानसिक शैथिल्य र उद्विग्नता हुन् । सुम्निमा उपन्यासमा विवाहपूर्वको यौटा भिल्ल युवक संझेर पुलोमा पुलकित हुन्छे भने मानसमा सम्निमा लिएर सोमदत्त समागमरत बन्छन् । पुलोमा र सोमदत्तको पुत्र दुवैको मानसपुत्र हो । किनकि पुलोमाले समागमरत रहदा भिल्ल युवकबाट तृप्ति लिएको कल्पना गरेकी थिई भने सोमदत्तले सुम्निमाको कल्पना गरेको थियो। रतिकुपारत रहंदाका अवस्थामा दुवै यथार्थ धरातलमा विचाररत थिएनन् । कोईरालाका अनु‌सार सुम्निमाको कथा सत्य र असत्यको तराजुमा नजोखिएको एउटा वृतान्त हो

यो मनोवैज्ञानिक उपन्यास हो। अचेतनका प्रेरणाले मानव स्वभावमा पार्न सक्ने प्रभावलाई यस उपन्यासमा सफलतापूर्वक प्रस्तुत गरिएको छ। पात्रहरू स्वभाविक इच्छा र कठोर अनुशासनको चेपुवामा परेर तनावग्रस्त बनेका छन् । मनका स्वभाविक इच्छालाई गुम्स्याउनाले उत्पन्न हुने मनोविकार र तनावलाई कोइरालाले चित्तबुझ्दो पाराले प्रस्तुत गरेका छन्। उपन्यासमा दुई सभ्यताको रोचक वर्ण पनि प्रस्तुत छ ।

error: Content is protected !!