हरितालिका तीज तथा ऋषि पञ्चमी व्रतको महिमा

एकराज शर्मा

हिन्दू भन्नाले भगवान र उहाँकै अंश राजा ईन्द्र, पवन, यम, सुर्य, अग्नि, बरुण, चन्द्र र कुवेर यी आठअंशलाई मानिन्छ । जहां वेद, गुरु, गायत्री, गीता, गाई आदिले पून्रजन्ममा विश्वासराख्नु लाई हिन्दू भन्ने गरिन्छ । वास्तवमा हिन्दू भई जन्महुनु भनेको केवल संयोग मात्र नभई पूर्वजन्मको संस्कार र भगवानको विशेष अनुकम्पा र आर्शिवाद हो ।

हिन्दुू शास्त्रको ॐ कार परिवार भित्ररहेका हरेक नारीहरुको लागि यो शौभाग्यको लागी व्रतगर्ने प्रचलन सत्ययुगदेखि चलिआएको हो । यो व्रत भाद्र शुक्लपक्षको तृतीया तिथीका दिनपर्दछ । स्त्रीजातिका लागि यो सवैभन्दा उत्तम व्रत हो । यो व्रत गरेमा अखण्ड सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यो व्रतमा केरा, सालको हाँगा, उखुको डाला, बाँसका हाँगा समिको हाँगा लगायतका पञ्चपल्लवबाट स्तम्भ तयारगरी मण्डव तयार गरेर पुजास्थल तयारगर्ने चलन छ । तर कतिपयले घरभित्र पनि गर्ने गरेको पाईन्छ । धेरै खालका रङ्घीविरङ्घी ध्वजापताकाले मण्डव लाई सजीसजावट गरी निर्माण गरिन्छ । व्रतको अघिल्लो दिन दिदी बहिनी र चेली बोलाई लाई विभिन्न खालको शाकाहारी परिकार तयार गरी खुवाउने प्रचलन छ । यो प्रचलन नै दरखाने चलन हो । तर आजभोली दरका नाममा महिनौं अगाडी देखि होटेल, रेस्टुरा तथा महंगो होटेलमा गएर हुस्की र रक्सी खाएर भड्किलो रुपमा दरखाने र अश्लिल नाच समेत नाचेर आम नारीहरुको धज्जी उडाउने र धर्म संस्कार भन्दापनि विकृतितिर गई हरितालिका तीज र विशेषगरी दरखाने दिनको अस्तितत्व मेटिन सक्ने सम्भावना रहेको छ । तिजकोदिन उपवास वसेर रात्रीमा भगवान शिवजीको र पार्वतिको वालुवाको मूर्ति स्थापना गरेर विशेष रुपले ब्राह्मण राखेर पूजाआजा अर्चना गर्ने काम गरिन्छ ।

हरितालिका व्रतको अर्थ हरिता अलिभिस् वा जसमा अलि सखिहरु वा साथिहरुले तत्कालिन समयमा पार्वती लाई लुकाएर राखेका थिए । यसको बारेमा निकै चर्चा श्री स्वस्थानी व्रत कथामा गरिएको छ । यो हिमालय पर्वत कि छोरी पार्वतिले बाल्यकाल देखि नै श्रीमहादेव स्वामी वा पति प्राप्त गर्न सकु भनेर धेरै कठोर तथा कडा मेहनतका साथ तपस्या गरेकाले नै यसको महिमा निकै सान्दर्भिक छ । पार्वतिले नित्य कर्मका साथ १६ वर्ष सम्म धूवां मात्र वा श्वास मात्र फेरेर यो तपस्या गरे कि थिईन । पछि ६४ वर्षसम्म सुकेका पातहरु खाएर मात्र रहनु भएको थियो । पार्वतीको त्यसखालको तपस्याबाट उनका बाबा निकै भावुक तथा चिन्तित भएका थिए । सोहि समयमा नारदमुनी आई ती कन्याको लागि भगवान विष्णुलाई हात माग्न आउनु भयो । उहांका पिताले सम्हारकर्ता विष्णुको नाम लिने वितिकै सहमति जनाउने कामगर्नु भएको थियो । पछि पार्वतिले भगवान विष्णुसंग कि भगवान शिवजीसंग विहे गर्ने अठोट समेत गरेकि थिईन । तर बाबाको त्यो सहमतिले उनको मनमा पिर परेको थियो । पार्वती निकै दुख मानेर पिरले मूर्छा परेकि थिईन ।

जब होस आयो तव पार्वतीले आफना साथि लाई समेत सबै यथार्थ वताईन । उनले भगवान शिवभन्दा अरुसंग विहे नगर्ने वचन समेत दिएको पाइन्छ । यो खवर पाउने वितिकै उनका साथीहरुले उनका बाबाले पनि पत्ता नलगाउने ठाउँमा लिएर लुकाउने वचन गरेका थिए । उनलाई लिएर राखेको ठाउँमा कसैले पत्ता लगाउन समेत सक्ने अवस्था थिएन । पार्वतीका बाबा हिमालयले पार्वती भागेको भन्ने थाह पाएपछि जताततै खोजी गरे । उता पार्वतीले भने एउटा खोलाको छेउमा बसेर वालुवाको शिवको मूर्ति तयार गरेर आराधना गर्न लागिन । उनले अन्न पानी समेत नखाएर आराधना समेत गरिन । भाद्रशुक्ल तृतियाको दिन आयो । सोह्दिन सम्म महादेवको समाधि आराधना गरेकाले शिवजी पार्वतीले तपस्या गरेको ठाउंमा आए र प्रश्नगरे तिमी के चाहेर नै यो तपस्या गरेको हो । पार्वतीले भनिने कि यदि म देखि प्रशन्न भएको भए म हजुरसंग विहे गर्नका लागि तपस्या गरेकि थिए । यो सुन्ने वितिकै महादेवले तथास्तु भनेर त्यहांबाट अन्र्तरध्यान भए ।

केहि समयपछि पार्वतीका बाबा हिमालय पर्वत पार्वती भउको स्थानमा आए । आफनो १६ वर्षको कन्यालाई काखमा राखेर सोधे तिमी यो खोलाको किनारमा किन आयौ । यो प्रश्नको उत्तर पार्वतीले यसरी दिइन् तपाईले मेरो विवाह विष्णु भगवानसंग गर्न लागेको तर मैले शिवजी स्वामी पाउन तपस्या गरेकोले म यहां साथिहरको साथमा आए । किनकि म विष्णुसंग विहे गर्न चाहन्नथे । अब पनि मेरो विवाह शिवजीसंग गर्ने भए मात्र म घर जान्छु नत्र भने यहि तपस्या गरेर बस्छु । यति सुनेपछि हिमालय पर्वतले शिवजीसंग विवाह गर्ने वचन दिए । भविष्य पुराणमा उल्ल्ोख छ कि हिमालय पर्वतले छोरी पार्वतीको हात भगवान विष्णु लाई दिन लागे भन्ने कुरा आफना साथीहरुबाट थाह पाएर नै दिक्दार भएर पार्वती लाई भगाएर लगेको हुनाले यस पर्वको नाम हरितालिका रहेको हो भन्ने प्रमाण छ । यो पर्व स्त्रीजातिका लागि मात्र हो । यसका लागि नारीहरु अघिल्लो दिनमा दर खाएर भालिपल्ट निराहार वा पानी नै नपिएर व्रत वस्ने प्रचलन छ । यो व्रत ब्राहमण, क्षेत्री, वैष्य तथा शुद्र जसले पनि लिन मिल्दछ ।

उक्त दिन खोला वा नदिमा विहान गएर स्नान गरी म हरितालिकाको व्रत गर्दछु भन्ने र संकल्प गर्ने । दिनभर निराहार व्रतको लागि तयार हुने । फेरी सांझमा गंगा, खोलाको तीर, तलाउ वा मण्डव निर्माण गरी बालुवाको शिवलिङ्ग तयार गरेर ब्रह्मण राखेर आफनो कुल परम्परा लाई कायम गरी पुजा आराधना गर्ने चलन छ । तर निराहार नसकेपछि शिवालय, शिवमन्दिरमा गएर पुजाअर्चन गर्ने । त्यो पनि नभएमा घरमा शिवजीको मूर्ति राखेर पनि आराधना गर्न सकिन्छ । नसकने नारीहरुका लागी दहि, केरा लगायतको फलाहार गर्ने प्रचलन पनि छ । तर बृद्दबृद्दा, नावालक, औषधिको सेवन गर्ने, दिर्घरोगी नारीले यो व्रत गर्न भन्दा नगर्न राम्रो मानिन्छ ।

संसारमा रहेका वैदिक सनातन धर्मलम्वी आर्यहरु आफनो धर्म, सदाचार तथा संस्कारका बारेमा अनविज्ञ भएकाले वैदिक सनातन धर्म ह्रस भएको हो । जसको संरक्षण संवद्र्दन गर्न ॐ कार लाई मूलमन्त्र मान्नेहरुको चेतना जगाउने काममा लाग्ने काम हाम्रो हो । यसका लागी हामीले हाम्रा बाबा आमा, काकाकाकी, दाजुभाई, दिदी बहिनी, गुरुपुरोहित, गाईको सम्मान गरी सबैबाट आर्शिवाद लिने काम गर्नु नै यसको परिपालन हुन जान्छ । हरितालिका तिजको ठिक पर्सीपल्ट भाद्र शुक्ल पञ्चमीको दिन ऋषिपञ्मी व्रत पर्दछ । यो व्रत नारीहरुको लागि मूख्य पर्व नै हो । यस पर्वको संक्षिप्त महिमा यस प्रकार रहेको छ ।

खास गरेर नारी रजस्वला वा पन्छिने अथवा छुई भएको समयमा जानी वा अन्जानमा गरेको विविध छातछुत भएको पापको प्राश्चित गर्नको लागि मात्र हो । नारी रजस्वला भएको ५ दिन सम्ममा अलग बस्ने काम गर्नु पर्दछ । नत्र दोष प्रदोष हुन्छ भनि विष्णुपुराणमा चर्चा छ । परापूर्व कालमा ईन्द्रले विश्वरुपको शिर लाई तीन टुक्रा पारेकोले ब्रह हत्याको पाप लागेको थियो । सोहि हत्याको कारण उनी निकै पिर मानेर ईन्द्र भगवान ब्रहजीसंग गएर सवै वताए । त्यसपछि ब्रहले ईन्द्रको ब्रहहत्या निवारण वा हरणको लागी एक वर्ष भोग गरेर बांकी दोष पृथ्वी, वृक्ष, जल, तथा नारी गरेर चार भाग लगाए । चार भागमा फालेकोले उषरभूमि, वृक्षबाट निस्केको खोटो, बुदबुद फेन जलमा तथा नारीको रजमा यो पाप देखिन्छ । यसको फलस्वरुप चारै वर्णमाप्रति महिना नारी रजोवति हुन्छन् । त्यो समयमा घरको भान्सा लगायत भांडा, मालसामान लगायत मानिस तथा आफनो लोग्ने लाई नि छुनु हुैन ।

रजस्वलाको पहिलो दिनमा चाण्डाली, दोश्रो दिनमा ब्रहघातिनी, तेश्रो दिनमा धोवीनी र चौथो दिनमा केहि शुद्द तथा पांचौ दिनमा मात्र पवित्र हुन्छन् । सोहि तीन दिनमा नारीले जानी वा नजानी त्यसखालको काम गर्ने काम गर्न हुदैन । यदि गरेपछि सोहि पापबाट मूक्त रहन यो ऋषिपञ्चमीको व्रत गर्ने प्रचलन छ । यस व्रतको चर्चा यस्तो छ । यो दिन सप्त ऋषिको आराधना गरिन्छ । नारीले विहान नित्य स्नान गरेर सकेपछि गोवर माटो लगाएर ३६० पटक अपामार्ग वा दतिवन लगाउने । स्नान सकेपछि विहान १० बजे देखि २ बजेको समय भित्र ब्रहामण लाई राखेर सप्तऋषिको पुजाअर्चना गर्ने । अरुधन्ती, कश्यप, अत्री, भारद्दाज, विश्वामित्र, गौतम, जमदग्नी तथा वशिष्ठ ऋषिको आराधना गर्ने । त्यसस्ांगै दिप, कलश, गणेश, ब्रह्मा, विष्णु लगायतका पञ्चायन देवताको पनि आराधना गर्ने । गंगा वा नदि वा तलाउमा गएर पूर्व फर्केर आचमन गरेर ३६० दतिवन दांतले चपाएर शुद्द भएर यो व्रत गर्ने प्रचलन छ । यसरी नै यी दुवै व्रतको आराधना गर्ने काम गर्ने गरिन्छ । व्रतको पुजाआजा पछि त्यसदिन नरोपेको धान वा साबुदाना एवम् कागुनोको चामलको खिर खाने प्रचलन छ । नारीहरुले आफनो परम्परा अनुसार आफनो शरीरको निकै ख्याल गरेर यो कार्य गर्नु राम्रो हुन्छ । यस कार्यमा भगवानले पनि छुट दिने काम गर्ने भएकोले यस तर्फ सबै नारीको ध्यान जानु जरुरी छ । आमहिन्दू नारी लाई हरितालिका तिज तथा ऋषिपञ्चमी व्रतको हार्दिक शुभकामना छ । जय भोले जय शम्भो ।

लेखक : मध्यश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङ्कन विषयका उप प्राध्यापक हुन् एवम् वैदिक धर्म परिषद नेपाल बाँकेका सचिव हुन् ।

error: Content is protected !!