हेडमास्टर देवका : जसको संघर्षले बन्यो नमुना विद्यालय

लगनशिल, कडा मेहनत र परिश्रममा विश्वास गर्नुपर्छ भन्ने गतिलो उदारण हुन् देवका बस्नेत (थापा) । उनी त्रिभुवन नमूना विद्यालयकी प्रधानाध्यापक हुन् । विहान उज्यालो भएदेखि राती नसुदासम्म बालबालिको पढाईको चिन्ताले पिरोली छ उनलाई । महिलाको लागि घरपरिवारको भान्सादेखि स्कुलसम्मको समय मिलाउन निकै ग्राह्रो हुन्छ झन् त्यसमा विद्यालयको हेडमास्टर । महिलाको लागि हेडमास्टर बनेर कलिला बालबालिकाहरुको भविष्यको उज्यालो बनाउने पूर्ण जिम्मेवारी बोकेर काम गर्न निकै जटिल बिषय हो । उनले विकास गर्न तथा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा नेतृत्वदायी भूमिका खेल्न सक्ने विद्यालय बनाएकी छिन् त्रिभुवन । यति मात्र होइन संघिय सरकारले नमूूना विद्यालयको रुपमा समेत धोषणा समेत भैसकेको विद्यालय हो त्रिभुवन ।

कोहलपुर नगरपालिकाको एक मात्र नमूना विद्यालयको रुपमा परिचित बनाउन सफल हुन् देवका थापा । उनी त्रिभुवन नमुना माध्यमिक विद्यालयमा हेडमास्टरमा १८ वर्षदेखि स्थायी नियुक्ति भई कार्यरत छन् । अस्थायी नियुक्तीमा ५ वर्ष कार्यरत छिन भने जम्मा २३ वर्ष अध्यापन गराउँदै आएकी छिन् । विद्यालयको स्तरउन्नोती र गुणस्तर शिक्षा प्रवाह गर्ने थुप्रै योजना कार्यन्वन भएका छन् । विद्यालयको बालमैत्री संरक्षण नितिदेखि विद्यालय सुधार योजनासम्म निर्माण भएका छन् । त्रिभुवनमा अध्ययन गर्ने विद्यालय छात्रावृत्रिमा अमेरिका सम्म पुगेका छन् । यो मेरो लगनशिल, मेहनत र परिश्रमकोे फल भन्छिन् दवेका ।

बुवा धन बहादुर बस्नेत र आमा टंकदेवी बस्नेतको कोखबाट २०२६ साल चैत्र २६ गते दाङको टरीगाउँ देवका बस्नेतको जन्म भएको थियो । उनको ४ बहिनी ३ भाइ छन् । उनी सबैभन्दा जेठी छोरी हुन् । उनी एउटा मध्यम वर्गको परिवारकी सदस्य हुन् । उनको अहिले एउटा छोरा छ । उनले १ देखि ३ कक्षासम्म पशुपतिनाथ विद्यालय, अमर मावि तुल्सीपुरमा ४ र ५ हुँदै एसएलसी घर नजिकैका विद्यालयहरुमा पुरा गरीन् । तर प्रविणता तहदेखि स्नातक तह पुरा गर्न शहर जानुपर्ने बाध्यता थियो । छोरी मान्छे कहाँ ? बस्ने कस्कोमा बस्ने ? को संग बस्ने लगायतका विभिन्न विषयहरुले पिरोल्थ्र्यो । कोठाभाडा ३ सय रुपैया थियो । महेन्द्र बमुहुखी क्याम्पस दाङबाट प्रविणता तहदेखि स्नातक तहसम्म पुरा गरिन् । प्रविणता तहमा अंग्रेजी, अर्थशास्त्र र कल्चर विषय र स्नातक तहमा अंग्रेजी विषय लिएर पुरा गरिन् ।

छोरालाई पढाउनुपर्छ, छोरीलाई पढाउनुहुन्न भन्ने संकुचित सोच थियो । आमाबुवाले निकै संघर्ष गरेर जिवनमा अनुशासनदेखि कुशल नेतृत्वसम्मको थुपै कुराहरु सिक्ने अवसर पाएको बताउँछीन् । यो सबै व्यक्तिहरुले पाउन सम्वभ नै हुँदैन तर देवकाले पाइन् । छोरीलाई बाहिर पढाउनु निकै कठिन थियो । तर बुवाले काठमाण्डौं नै पढाएर पढाउने भन्नुभएको थियो तर आमाले घोराहीसम्म जाने आउने गर्छन् त्यसैले त्यहि पढाए भइहाल्छ भन्नुभो । उनको प्युठानका भवानी बहादुर थापासंग २०४८ सालमा स्नातक प्रथम तहमा अध्ययन गर्दागर्दै विहे भयो । श्रीमान प्यूठानमा माविको प्रअ हुनुहुन्र्थो त्यसैले झन उनलाई सहजभयो । विहे भएपनि अध्ययन निरन्तरतालाई बाधा आएन् ।

श्रीमान सहित २०५३ सालमा कोहलपुर झरिन् । राप्तीसोनारीको ढकेरीमा रहेको गणेश माविमा श्रीमानको सुरुवा भयो । दुई वर्ष रामजानकी स्कुलमा अध्यापन गराइन् । त्रिभुवन माध्यमिक विद्यालयमा अस्थायी विज्ञापन खुलेपछि फारम लगाई अस्थायी नियुक्ति पनि पाइन् । २०५५ सालदेखि २०६० सालसम्म अस्थायी नियुक्ति भै काम गरे । २०५२ सालमा शिक्षक सेवा आयोगको मावि तहको परिक्षा दिएकी थिइन तर २०६० सालमा आयो र त्यसमा पनि पास भइन् । त्यसपछि त्रिभुवन माविमा मावि तहको स्थायी नियुक्ति पाइन् । त्यो दिन आफ्नो जिवनमा निकै खुसी भएको दिन ठान्छिन् उनी । २०५५ सालमा १७ सय जना विद्यार्थीहरु थिए । तर अहिले ३२ सय भन्दा बढि विद्यार्थी छन् ।