नाग पुजा किन गर्ने ? र कसरी गर्ने ?

परिचय :

वास्तविक रुपमा भन्ने हो भने यो संसारमा आध्यात्मको अर्थ मानिस स्वयमले् आफनो तथा आफनो बारेमा अध्ययन गर्ने वा खोजी गर्ने आधार तथा प्रक्रिया लाई नै आध्यात्म हो । यो ब्रह्माण्डर संसारको अध्ययन गर्ने कामको जिम्मेवारी विज्ञानको हो । जसले आवश्यक ज्ञान प्रदान गर्दछ । विज्ञानले सबै ब्रहमण्डको अध्ययन गर्नका साथै आफनो कामको जिम्मेवारी समेत लाई ध्यान दिने काम गर्दछ । विज्ञानले पृथ्वी वा सृष्टिको निकै गहिराईमा पुगेर गहन रुपमा अध्ययन गर्ने गरेको छ । यसका साथै यसले चन्द्रमा, मंगलग्रह समेतमा पनि मानिस सहित विभिन्न खालका वायुयान लाई पठाएर विज्ञान वा वैज्ञानिक अध्ययन गरिरहेको छ ।

आजभोली त अव पृथ्वीमा जीव रहन सक्ने वा नसक्ने के हो ? यो अवका दिनमा अयोग्य हुन्छ कि भन्ने डर समेत हुन थालेकोले त्यो विषयमा पनि अध्ययन लाई अगाडी बढाएको छ । विश्वका सवै ॐ कार ध्वनीहरुको लागी भनौं वा नेपाली हिन्दुहरुको लागी चाडपर्वहरुको सुरुवाति सिलान्यास भनेको नै नागपञ्चमी हो । तत्पश्चात रक्षाबन्धन जनै पूर्णीमा अनि मात्र कुसे औसी आउने गर्दछ । कुसे औंसी देखि शुभ चाडपर्व औपचारिक दृटिकोण बाट सुरुवात भएको मानिन्छ । यो औंसीमा राखेको कुश ठिक एकवर्ष सम्म घरमा हुने शुभ तथा अशुभ कार्यमा प्रयोग गरिन्छ । यो कुश सृष्टिको संहारकर्ता भगवान विष्णुको कपाल बाट प्राप्त चिजका रुपमा लिने परम्परा छ । विष्णु रुपी कुश, तुलसी पत्र, पिपल, शालिग्राम लाई भगवान मान्ने प्रचलन हिन्दु शास्त्रले पेश गरेका छन् ।

नागपञ्चमीको बारेमा के छ महिमा

श्रावण महिनाको श्रावण शुक्लपक्ष, सुर्याेदक्षिणायणे, वर्षा ऋतुमा पर्ने पञ्चमी तिथिका दिन पर्ने पर्व लाई नै नागपञ्चमी भनिन्छ । यो वर्ष भाद्र ४ गते सोमबार दिन परेको छ । आजका दिन देखि नै हिन्दुहरुका चाडपर्वको सुरुवाती दिनपनि मानिन्छ । उक्त दिनमा काठमाण्डौंको नक्साल कान्तिपुर नागपोखरीमा ठुलो मेला समेत लाग्दछ । नागपञ्मीका दिन देखि नै हिन्दुहरुका सबै संस्कार तथा पुजा आजा सुरु हुने गर्दछन् । यसलाई हिन्दुहरुको चाडपर्व सुरुहुने महिनाका रुपमा पनि लिने गर्दछौं । वास्तवमा नागपञ्चमीको निकै महत्व ठानिन्छ । नाग भगवान शिवजीको मालारुपी स्वरुपमा पनि मानिन्छ । सत्य, तेत्रा, द्दापर युगमा भगवान शिवजीले आफनो गलामा नागको माला लगाउने, विषभाङ धतुरो सेवन गर्ने, खरानी घस्ने तथा नाङ्गो भएर आफुलाई आनन्द दिने प्रचलन भएको आधारहरु हिन्दु दर्शनका विभिन्न धार्मीक पुस्तकहरुमा अध्ययन गर्न सकिन्छ ।

नाग के हुन् ?

नागलाई अर्काे अर्थ सर्प हो । सर्प यो ब्रामाण्डको एक खतरनाक वा डरलाग्दो प्राणी हो । यो घिस्रेर हिड्छ । आफनो सुर तथा तालमा यो चलायमान रहन्छ । यो गर्मी समयमा मात्र यो बाह्य संसारमा देखा पर्दछ । तर जाडो मौसममा भने न्यानोको लागी दुला, खोल्सामा बस्ने गर्दछ । यसलाई नजिस्काए सम्म वा यसमा ठक्कर नलागे सम्म यसले खासै क्षति गर्ने वा डस्ने काम गरेको पाईदैन । यसका पनि विभिन्न प्रजाति रहेका छन् । यहि प्राणी लाई नै भगवान शिवजीको गहना वा माला मानिएको हो । यदि जो व्यक्तिसंग भगवान शिवजी रिसाउने काम गर्नु हुन्छ । त्यसलाई नै आक्रमण गर्नका लागी आफनो गहनाको माध्याम प्रयोग गर्नु हुन्छ भन्ने किवदन्ति पनि रहेको पाईन्छ । नाग लाई हिन्दुहरुको भगवान शिवजीको माला वा गहना मानेर नै नागदेवताको रुपमा उक्त दिन विशेष रुपमा विधि तथा विधान स्वरुप मान्ने गरिन्छ ।

कसरी गर्ने नाग पुजा ?

उक्त दिन गाईको दुध सहित कपासका विभिन्न सर्प आकार चिन्ह् त्यो पनि अविर, सिन्दुर विभिन्न रङ्गहरको प्रयोग गर्ने प्रचलन छ । अगरवत्ति, धुप, दियो वा वत्ति, विभिन्न पुजा सामाग्री सहित ब्राह्मण लाई बोलाएर यथामति पूर्वक नागदेवताको विधि सहित पूजा अर्चन गर्ने परम्परा रहेको छ । ब्राह्मण लाई यथामति दान तथा दक्षिणा पनि दिने प्रचलन छ । यसो गर्दा उक्त घरमा कहिल्यै पनि नागदेवताको आगमन नहुने, नागबाट आक्रमण पनि हुदैन भनिएको छ । अर्काेतर्फ अकाल वा नराम्रो तरिकाले मृत्यु भएकाको लागी यस दिन त झन् नागको पुजाअर्चन अनिवार्य गर्नुपर्ने चर्चा गरुडपुराणमा गरिएको छ । जस्तो कि नदिमा डुब्ने वा बगेर मरेका, नागदेवताले डसेर मरेका, आफैले विषको सेवन गरेर मरेका, झुन्डिएर मरेका, यातायातका साधन वा दर्घटनामा ज्यान गएका, रुख तथा भिर वा अन्ने ठाउंबाट खसेर मृत्य वरण गरेका आत्महत्या गरेर मरेका त्यस्ता अकालमा मरेका सबै व्यक्तिहरुको लागी त्यो दिनमा विशेष रुपमा नागदेवताको पुजाअर्चन गर्नु अनिवार्य मानिन्छ । उनीहरुको नाममा नारायणवली लगाएर विधि तथा विधानले पुजा अर्चनाको आवश्यकता पर्ने कुरा १८ पुराण मध्यको एक महत्वपूर्णमा चर्चा गरिएको छ ।

नागपुजाअर्चना गर्दा निम्न श्लोकको अनिवार्य वाचनको आवश्यकता मानिएको छ :
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पाय एवं च । सुमन्तुर्जेमिनिश्चैव पत्र्वैते वज्रवारकास् ।।
मुनै कल्याणमित्रस्यः जैमिनेश्चापि कीर्तनात् । विद्युग्निभयं नास्ति लिखितम् गृहमण्डले ।।
अनन्तो वासुकिस् पद्यो महा पद्यश्च तक्षकस् । कुलीरस् कर्कटस् शंखश्ष्टौ प्रर्कीर्तिता ।।
यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरस् । भडो भवति वज्रस्य तत्र शुलस्यका कथा ।

माथि उल्लेखित श्लोकले त मानिसको कल्याणको गर्ने, भय, डर तथा त्रास बाट टाढा रहनको लागी यसको यसको आवश्यकता तथा महत्व छ । जहां सप्त नागदेवताहरु अनन्त नाग, वासुकी नाग, पद्मा (पद्यो ) नाग, महां पद्यो नाग, कुलीर नाग, कर्कट नाग तथा शंख नागको पुजा अर्चनाको काम गरिन्छ । यो गर्नले भगवान हरि वा भगवान शिवजी हामी देखि प्रशन्न रहने, कुनै पनि विध्नवाधा नगर्ने, हामी मानव जातिलाई सदा झै कल्याण गर्ने काम गर्नु हुन्छ । घरमा नागदेवताको आगमन हुदैन । यदि भएपनि आफनो बाटो लागेर कुनै क्षति व्यहार्ने काम समेत नहुने कुराको महिमा वा चर्चा गरिएको छ ।

के के गर्ने नागपञचमकिो दिन ?

नागपञ्चमीका दिन विहानै उठेर स्नान गरेर घरको मूल द्दार वा ढोकाको माथि पट्टी शुद्द जल वा सफा पानीले सफा गर्ने काम गर्नु पर्दछ । अनि घरमा गाईको दुध, गाईको गोबर, दुबोका टुप्पाहरु, अगरवत्ति, अविर, सिन्दुर, केसरी सुपारी, डलर पैसा, पालामा वत्ति वा दियो, कपासको लक्षीका नाग आकारका चित्रहरु वा मालाहरु तयार गरेर ब्राहमण आएपछि विधि विधानले नागदेवताको पुजा गर्ने गरिन्छ । तर ब्राह्मण नआउने वा बोलाउने प्रचलन नभए आफैले पनि नागदेवताको पुजा अर्चना गरे पनि हुन्छ । यदि गाईको गोबर उपलब्ध नभएमा भने गहुको पिठोले पनि मूल ढोकामा टांस्ने काम गर्नु पर्दछ । आफनो घरको मूल ढोका माथि नागदेवता अंकित चित्र लाई नाग अंकित चित्रको पछाडी पट्टी गोबर लगाउने अनि चप्काउने । त्यसपछि नागदेवता अंकित चित्रको माथि वा संस्कृत श्वलोकको माथि ठिक मध्य भागमा गोबर, दुबो, सिङो सुपारी, कपासको नाग आकार माला, एक सिक्का लाई गोबरमा टाँस गर्ने । त्याहां अनेक चिजवस्तु, रक्तक्षता, केशवरी वा पहेलो रंङ्गले नागदेवताको पुजा गर्ने । पुजा गर्दा सके माथि उल्लेखित मन्त्रहरुको वाचन गर्ने सकिदैन भने पनि केहि छैन ।

नागपुजा गर्नाले के हुन्छ के हुदैन ?

हे नागदेवता हरि वा शिवजीको गहना वा माला हाम्रो घरमा प्रवेश गरेर कुनै खालको क्षति, नोक्सानी, भय र डर र त्रास लाई हटाई दिनेकाम गर्नु होला । हाम्रो घरमा सुख, शान्ति, समृद्दि, उन्नति तथा प्रगति होस । कुनै पनि भयमा रहने काम नहोस । हामीले सकेजति तथा आफनो क्षमताले भ्याए सम्म हजुरको पुजा अर्चना गरेको छौं । केहि समान नपुगेमा क्षमा याचना गर्दछौं भनि हात जोडेर नमस्कार गर्ने । दियो वा वत्ति वाल्ने । अगरवत्तिले सुगन्ध पार्ने । गाईको दुध चढाउने । यदि घरमा वा सन्तानमा कोहि अकालमा मरेको भए पनि नागदेवताको पुजा अर्चना गर्नले उक्त मृर्तकले स्वर्ग, मोक्ष प्राप्त गर्दछ र गरोस भन्न्ो समेतको कामन गर्ने । यि सबै सवालको कारण पनि नागपञ्चमीको आवश्यकता तथा महत्व छ ।

२१ औ शताब्दिका मानिसमा के धारणा छ ?

आजका मानिसमा यो खालको चिन्तन तथा मनन् छैन । खाली ब्राह्मणको मागी खाने भांडोको रुपमा लिने गरिन्छ । यो सरासर गलत हो । यो त हिन्दु धर्म वा दर्शनको महान वाणी हो । हामीले हाम्रो धर्म, संस्कार, आचरण, व्यवहार, नैतिकताको धरातल विर्सेका छौं । हामीमा त कसरी हुन्छ पैसा कमाउने, धनि बन्ने, अरुको रिस राग तथा नकारात्मक भावना मात्रको चिन्तन छ । तर यो थाह छैन कि हामी र हाम्रो यो अमूल्य जीवन लाई अनाहकमा खेर फालिरहेका छौं । हामीले त कमाएको धन, सम्पत्ति, जग्गा, घर मरेपछि यहि छोडेर जाने कुराको वास्ता गर्दैन ।

निष्कर्ष 

वास्तवमा जन्मिदा हातका मुठ्ठी कसेर आउने, संसारमा केहि गर्ने, संसार मेरो हो । मैले धेरै गर्नु छ भनेर यस सृष्टिमा जन्म लिन्छ । तर मरेपछि आफुले गरेका सबै काम तथा धन, सम्पत्ति, ईज्जत, मान तथा प्रतिष्ठा यहि छाडेर एक्लै जन्मे थिए अहिले सबै छोडेंर गएको छु भनेर जन्मिदा मुठ्ठी कसेको हात खोलेर गएको हुन्छ । यो कुराको हेक्का हामीमा हुन जरुरी छ । त्यसकारण पनि संसारका सबै धर्मलम्बिहरको दिशानिर्देश लाई चिन्तन मनन् गरेर आ आफनो धर्म लाई धर्म, कर्म लाई मन, वचन तथा कर्मले अंगीकार गरौं । आ आफनो कर्तव्य लाई विर्सने काम नगरौं । आत्मदेखि गरौं तर लोकाचार, चराचार, देशाचार तथा भेषाचारको आधारमा होईन । आत्माचारको आधारमा मात्र यसको परिपालन गर्ने हो । आ आफनो धर्मप्रतिको आस्थामा लागेर काम गरौं । नत्र यसको विरोध गर्ने काममा नलागेर आफ्नै कर्म प्रतिको विश्वासमा लागौं । धर्मशास्त्रको आधारमा टेकेर काम गरौं तर यो केहि होईन केहि छैंन। अन्धविश्वास हो भन्ने काम नगरौं । जसले धर्म तथा आस्था प्रतिको मानमर्दन हुन्छ । आपत्तमा मात्र भगवानको नाम लिने तर आफुमा सुखहुँदा अन्धविश्वासको नारा दिएर अरुलाई भ्रममा पार्ने काम नगरौं । यसबाट सबैधर्मको अस्तिव यो ब्रहमण्डमा रहन्छ । जय शम्भो !

लेखक : मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बाँके पाठ्यक्रम तथा मूल्याङ्न विभागका उपप्राध्यापक तथा वैदिक धर्म परिषद नेपाल बाँकेका सचिव पनि हुनु न्छ ।