डिस्प्ले टुटेफुटेको फोन चलाउनु हुन्छ ? सावधान ! हुनसक्छ यस्तो खतरा

काठमाडौं ।

स्मार्टफोनको स्क्रिन फुट्नु वा छेउतिरबाट चिरा पर्नु एउटा सामान्य कुरा हो । मोबाइलको स्क्रिन निकै सम्वेदनशील हुने गर्छ ।

कुनै गल्तीले फोन भुईंमा खस्दा स्क्रिन टुटफुट हुन सक्छ । कतिपय पल्ट तपाईं हामी यस्तो टुटफुट अवस्थामै फोनबाट काम चलाइरहेका हुन्छौं ।

किन कि स्क्रिन मर्मत सम्भार गर्न राम्रै खर्च हुन्छ । तर यसो गर्नु फोनका लागि खतरनाक सावित हुन सक्छ । आज हामी तपाईंलाई स्क्रिन टुटफुट भएको मोबाइल प्रयोग गर्दा हुन सक्ने जोखिमको बारेमा बताउँदै छौं ।

१. फोनका भित्री पाटपुर्जामा घुस्न सक्छ फोहोर

यदि तपाईं स्क्रिन टुटेफुटेको मोबाइल प्रयोग गर्नु हुन्छ भने चिराको बीचबाट तरल पदार्थ, फोहोर अथवा धुलोमाटो भित्र छिर्न सक्छ । त्यसले फोनलाई पूर्ण रूपमा बिगार्न सक्छ ।

फोनको स्क्रिन त्यस भीत्र रहेका विभिन्न सम्वेदनशील भागहरूका लागि सुरक्षा कवच समेत हो । यस्तोमा जब उक्त तह टुटफुट हुन्छ, जब ती भित्री भागहरूमा फोहोरमैला घुस्न सक्छ र तपाईंको फोन बर्बाद हुन सक्छ ।

२. टच रेस्पोन्समा समस्या

कुनै मोबाइलको टच डिस्प्ले टुटफुट भएको अवस्थामा त्यसले राम्रोसँग काम गर्दैन । किन कि त्यो आफैंमा फोनको मुख्य भाग पनि हो ।

जहाँबाट फोन प्रयोग गर्ने कार्य हुन्छ । यदि स्क्रिन टुटफुट हुँदा फोनको एक तर्फको डिस्प्लेले काम नगरेपनि अर्कोतर्फबाट काम चलाइरहनु भएको छ भने टचस्क्रिनले पूर्ण रूपमा काम गर्न छोड्न सक्छ ।

३. आँखामा पर्न सक्छ गम्भीर असर

कम्प्युटर वा मोबाइल फोनको स्क्रिनबाट ब्लू लाइट निस्किने गर्छ भन्ने कुरामा त तपाईं जानकार नै हुनुहुन्छ होला । त्यसले आँखामा क्षति पुर्‍याउन सक्छ ।

माथि चर्चा गरे जस्तै फोनको सुरक्षाका लागि डिस्प्लेमा एउटा तह हुने गर्छ, जुन टुटफुट भएको खण्डमा त्यस्तो लाइटको सिधा असर हाम्रो आँखामा पर्न जान्छ । जुन तपाईं हाम्रो आँखाका लागि खतरनाक साबित हुन सक्छ ।

५. औंलालाई जोखिममा पार्न सक्छ

स्मार्टफोनका स्क्रिन सिसाबाट बनाइएका हुन्छन् । त्यसैले टुटफुट भएको डिस्ले वाला फोन प्रयोग गर्दा त्यसमा रहेका सिसाका ससाना टुक्राले तपाईंको औंलालाई जोखिममा पार्न सक्छ ।

टुटेको डिस्लेमा स्वाइप गर्दा औंला काटिन सक्छ । जुन अनुभव तपाईं भोग्न चाहनु हुन्न ।

६. रेडियसन उत्सर्जनको खतरा

स्मार्टफोनले त्यसै पनि केही मात्रामा रेडियसन अर्थात विकिरण उत्सर्जन गरिरहेका हुन्छन्, यद्यपि त्यो मानव शरीरमा जोखिम निम्त्याउने तहमा हुँदैन ।

तर जब फोनको स्क्रिन क्र्याक हुन्छ, त्यस्तो अवस्थामा फोनबाट सामान्यभन्दा बढी रेडियसन निस्किन सक्छ । जुन मानव शरीर प्रणालीका लागि जोखिमपूर्ण हुन सक्छ ।