गौमाया थापाकाे सुन्दर गजल

कोहि भन्छ्न प्रेम धर्म कोहि पाप हो।
कोहि भन्छ्न जिन्दगीको अभिशाप हो।।

हार्ने प्रेमी भन्छ प्रेम एक मुल हो।
जित्ने प्रेमी भन्छ प्रेम सुन्दर फुल हो।।

कोहि भन्छ्न प्रेम जीवन हो कोहि बाधा हो।
कोहि भन्छ्न प्रेम हृदयमा बिझ्ने काडा हो।।

धोखेबाज भन्छ्न प्रेम एक खेल हो।
बुढाापाका भन्छ्न युग बगाउने मेल हो।।