कोहलपुरमै पहिलाे पटक मेडिकल ल्याब टेक्नोलोजी अध्यापन सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर ११ मा रहेको नोवेल टेक्निकल एण्ड मेडिकल साइन्स कलेजले ३ वर्षिय डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी कार्यक्रमकाे अध्यापन सुरु गर्न लागेको छ ।

यस क्षेत्रमा उत्कृष्ट तथा गुणस्तरीय प्राविधिक शिक्षा दिइरहेको नोवेल टेक्निकल एण्ड मेडिकल साइन्स कलेजले हाल चिकित्सा शिक्षा आयाेगकाे नयाँ मापदण्ड पूरा गरि ३ वर्षिय डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजीकाे अध्यापन सुरु गर्न लागेको हो ।

नोवेल टेक्निकल एण्ड मेडिकल साइन्स कलेज कोहलपुरमा २०७० सालमा स्थापना भइ २०७१ सालमा प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ( CTEVT) बाट तीन वटा शैक्षिक कार्यक्रम भेटेरिनरि जे.टि.ए, सिभल सब ओभरसियर र ल्याब असिस्टेन्टकाे सम्बधन प्राप्त गरि अध्यापन सुरु गरेको थियो ।

कलेजले स्थापना कालदेखि हालसम्म झण्डै एक हजार बढि विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्यापन गराइसकेको छ भने झण्डै ६ सय ५० भन्दा बढि विद्यार्थीहरु उत्तीर्ण भइसकेका छन उत्तीर्ण मध्ये अधिकांश सरकारी तथा गैरसरकारीमा कार्यरत छन् भने कतिपयले आफ्नै व्यवसाय सुरु गरेका छन् ।

कलेजमा अध्ययन गरेका ९५ प्रतिशत विद्यार्थीहरु रोजगार तथा स्वराेजगार रहेको र बजारको माग भए अनुसारका कार्यक्रम सञ्चालन गरी स्थानिय स्तर तथा ग्रामिण क्षेत्रमा अति आवश्यक प्राविधिक जनशक्ति उत्पादन गरी देशमा व्याप्त बेरोजगारी समस्या न्यूनिकरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेकाे कलेजका प्रिन्सिपल पूर्ण प्रसाद शर्माले बताउँछन् ।

यस शैक्षिक सत्र मा तीन वटा प्राविधिक कार्यक्रमहरु (प्रि-डिप्लोमा इन भेटेरीनरी साइन्स, प्रि-डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग र ३ वर्षिय डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी) का लागि भर्ना फारम वितरण भइरहेको छ ।

प्रिन्सिपल शर्माले भेटेरिनरी साइन्स अध्यापन गरेका करिब १ सय ५० भन्दा बढि विद्यार्थी रोजगारीमा लागेको बताए ।

उदारणका लागि, उदयपुरगडि गाउँपालिकामा जगत प्रसाद आचार्य, छार्का ताङसोङ गाउँपालिकामा दिपा केसी, थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुमा नन्दराज बुढा, कालिमाटी गाउँपालिका सल्यानमा टेक बहादुर विक, खार्पूनाथ गाउँपालिका हुम्लामा सन्तसरुन सोर्णकार, बैजनाथमा दिपशिखा शर्मा, बनगाड कुपिण्डे नगरपालिका सल्यानमा मिना पुन, कोहलपुर नगरपालिकामा मिन विक, ठुलोभेरी नगरपालिका डाेल्पामा रविन्द्र बोहरा र कपुरकाेट गाउपालिका सल्यानमा लाेकेन्द्र वलि लगायत २० जना भन्दा बढिले स्थायी रुपमा सरकारी सेवामा समर्पित छन् भने सरकारी सेवामा नै करारमा पनि थुप्रै बिधार्थिहरु कार्यरत रहेका छन् ।

कतिपयले आफ्नै व्यवसाय सञ्चालन गरि स्वराेजगार हुनुका साथै अन्य व्यक्तिहरुलाई राेजगारी पनि दिएका छन् ।

यस्तै सिभिल ईन्जिनियरिङ्ग अध्ययन गरेका करिब १ सय भन्दा बढि सरकारी र गैरसरकारी सेवामा कार्यरत तथा आफ्नै व्यवसाय सुरु गरेका छन् ।

उदारणका लागि दार्मा गाउँपालिका सल्यानमा पुष्पा चन्द, कपुरकोट गाउँपालिका सल्यानमा करिस्मा चलाउने, काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडमा मोहनलाल केसी, लुङ्ग्री गाउँपालिका रोल्पामा अनुप चौधरी, नरैनापुर गाउँपालिका बाँकेमा बसन्ती कुलाल लगायत ३२ जना भन्दा बढिले स्थायी रुपमा सरकारी सेवामा समर्पित छन् भने अन्य थुप्रै करारमा सेवामा रहेका छन् ।

केहिले आफ्नै व्यवसाय सञ्चालन गरि राम्रो आय आर्जन गरिरहेको कलेजका प्रिन्सिपल शर्माले बताए । त्यसैगरि ल्याब असिस्टेन्टतर्फ पनि १ सय २० भन्दा बढि बिधार्थिहरु राेजगारिमा रहेकाे बताएका छन !

त्यसैले SEE परीक्षा उत्तीर्ण गरेका सम्पुर्ण बिधार्थिहरु लाई प्राबिधिक शिक्षा अध्ययन गरि आफुलाइ दक्ष जनशक्तिको रुपमा विकास गर्न आग्रह गर्दछाै ।