७ वर्षदेखि जनशक्ति र स्रोत साधन अभाव र गुज्रिएको बाँके ट्राफिक

कोहलपुर ।

बाँकेमा अव्यवस्थित सहरीकरण, सहरी क्षेत्रको बढ्दो जनघनत्व, ई–रिक्सा र अटो क्षेत्रमा भएको बृद्धि, मानिसहरुको जीवनशैलीमा आएको तिव्र बृद्धि, सवारी चापका कारण हुने ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण हरेक नागरिकको सरोकारको रुपमा विकसित भइरहेको छ । बाँकेमा मात्र नभएर देशभर नै ट्राफिक व्यवस्थापनमा चूनौति थपिँर्दै गइएरहेको र सवारी साधन दुर्घटनाबाट देशले वर्षेनी ठुलो क्षती वेहोर्नु परेको छ । यो सबै आम नागरिकलाई जानकारी भएकै विषय हो । बाँके जिल्लाको परिपेक्ष्यमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनिकरण ठुलो महत्व छ । बाँके जिल्लामा सबैभन्दा ठुला दुई वटा शहर विकसित रुपमा विकास भैरहेका छन् ती हुन नेपालगञ्ज र कोहलपुर ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेकाे तथ्थांक अनुसार २०७२ सालमा प्रमुख गणेश सिंह महतरा थिए । उनका पालामा भे १ ब ४८४ र बा २ ब २५६९ नम्बरका दुई वटा सरकारी मोटरसाइकल विग्रीएर अवस्था रहेकाे पाइएकाे छ । २०६४ सालमा संविधान चुनावमा नेपाल सरकारले वा १ झ ७८०३ नम्बरको एउटा चारपाङ्ग्रे सवारी साधन थियो । २०६३ सालमा दिएका ती सवारी साधानहरु विग्रीएर थनिकिरहेको जिल्ला ट्राफिक प्रमुख हिमालय शाहले जानकारी दिए ।

‘२०७७ असोज महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुखमा प्रहरी निरिक्षक राजु भण्डारी र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख रामबहादुर कुरुम्माङ्गको पालामा राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा साढे ६ लाखमा भे १ च १५४६ नम्बर चारपाङ्ग्रे गाडि राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुले हस्तान्तरण गरेका रहेछन्’ उनले भने ‘त्यसपछि अन्य साधन छैन ।’

उनका अनुसार ट्राफिक प्रहरी कार्यालय बाँकेका शाहले बाँके जिल्लामा १३ वटा अस्थायी ट्राफिक पोष्टहरु रहेको बताए । ‘ती पोष्टहरुमा कुनै पनि सवारी साधन छैन’ उनले भने ‘यति मात्र होइन सञ्चार साधन पनि छैन ।’ पुरोना ४ वटा सेटहरु छन् अहिले २ वटा सेटहरु रहेका छन्, दुई वटा सेटहरुले कुन ठाउँलाई दिन कहाँ नदिने समस्या भएको प्रमुख शाहले बताए ।

उनका अुनसार बाँकेका जम्मा २४ जना दरबन्दी कोटा हो । तर दरबन्दी कोटामा २२ जना मात्र छन् । जसमा अझै २ वटा कोटा खाली रहेको बताए । काजमा ४६ जना आएका छन् । अहिले बाँकेमा जम्मा ६८ जना ट्राफिक प्रहरी कार्यरत रहेको प्रमुख शाहले बताए । कोहलपुर, नेपालगञ्ज, गनापुर, हाइस्कुल, चप्परगौडि, शंम्शेरगंज, कुशम, चिसापानी, सम्झना, मदनचोक, खजुरा धनौली, फल्टेङ्गग्रा, नरैनापुर अस्थायी ट्राफिक प्रहरी पोष्ट रहेको प्रमुख शाहले बताए ।

स्रोत साधन र जनशक्तिको कमीका कारणले स्रोत साधनको अभावका कारण प्रभावकारी निरीक्षण, अनुगमन नहुनु, पैदलयात्रु तथा सवारी यात्रुहरूको गुनासोमा खासै सुनुवाई नहुनु, अबैध तरिकाले चलाइएका सवारी साधन नियन्त्रणमा सफलता कमै मिल्नु, प्रहरीको क्षमता बढाउन नियमित तालिम नहुनु, ट्राफिक प्रहरीकै लागि भनेर दरबन्दी नहुनु जस्ता समस्या रहेकाे बताएका छन् ।