नेपालका केही विश्वविद्यालयहरुमा पूर्वीय दर्शनको कार्यन्वयनको अवस्था

नेपालमा हाल संघीय विश्वविद्यालय ११ वटा र प्रादेशिक विश्वविद्यालय ५ वटा गरी जम्मा १६ वटा विश्वविद्यालय रहेका छन् । नेपालको सबैभन्दा वेठो वा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो । यसको स्नातक तथा स्नातकोत्तर तहमा पूर्वीय दर्शनको के कति कसरी कार्यन्वयन रहेको छ ? त्यो खोजी गर्नु आजको आवश्यकता हो । नेपालका कान्छा विश्वविद्यालयहरु मध्यपश्चिम तथा सुदुर पश्चिम विश्वविद्यालयहरुमा पूर्वीय दर्शन के कसरी र कति कार्यन्वन गरिएको छ भन्ने आधारको खोजी गरी पूर्वीय दर्शनको कार्यन्वयनको अवस्था लाई खोजी गर्नु पर्ने भएकोले पूर्वीय दर्शनको अवस्था बारे यसरी व्याख्या गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय स्नातक तह (वी.एड.) प्रथम वर्ष एक वर्षे/तीन वर्षे (पुरानो कोर्ष) कोर्ष शिक्षाको दर्शनशास्त्रीय तथा समाजशास्त्रीय आधार (Ed-३१२) मा शिक्षा र दर्शन भन्ने एकाईमा १५ पिरियड मध्ये पूर्वीय दर्शन र पश्चिमेली दर्शन भित्र सामान्य परिचय ३ पिरियड समावेश गरिएको छ । जस भित्र षड दर्शन (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को सामान्य परिचय मात्र कार्यन्वयन गरिएको छ । जस भित्र बौद्ध दर्शन, जैन दर्शन पनि परिचय समेत समावेश गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय स्नातक तह (वी.एड.) प्रथम वर्ष एक वर्षे/तीन वर्षे (नयाँ कोर्ष) कोर्ष शिक्षाको दर्शनशास्त्रीय तथा समाजशास्त्रीय आधार (Ed-३१२) एकाई ६ मा शिक्षा र दर्शन भन्ने एकाईमा ३५ पिरियड मध्ये ९ पिरियड पूर्वेली दर्शन र ४ पिरियड पश्चिमेली दर्शन समावेश गरिएको छ । जस भित्र षड दर्शन (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को सामान्य परिचय, चारवेद चारवेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद) को सामान्य परिचय, लगायत कर्मकाण्ड, ज्ञानकाण्ड, आध्यात्मिक तत्व, उपासना, श्रीमदभागवत गिता, निष्काम कर्म, भक्ति तथा कर्म (ज्ञान, भक्ति र कर्म) तीन पक्ष मुक्ति लगायतका शब्दहरु राखिएको छ । जस भित्र बौद्ध दर्शन, जैन दर्शन पनि परिचय समेत कार्यन्वयन गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय स्नातक तह (वी.एड.) प्रथम वर्ष एक वर्षे/चार वर्षे (नयाँ कोर्ष) कोर्ष शिक्षाको दर्शनशास्त्रीय तथा समाजशास्त्रीय आधार (Edu-४१२) एकाई ६ मा शिक्षा र दर्शन भन्ने एकाईमा १५ पिरियड मध्ये ५ पिरियड पूर्वेली दर्शन र ४ पिरियड पश्चिमेली दर्शन समावेश गरिएको छ । जस भित्र षडदर्शन (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को सामान्य परिचय, चारवेद चारवेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद) को सामान्य परिचय, लगायत कर्मकाण्ड, ज्ञानकाण्ड, आध्यात्मिक तत्व, उपासना, श्रीमदभागवत गिता, निष्काम कर्म, भक्ति तथा कर्म (ज्ञान, भक्ति र कर्म) तीन पक्ष मुक्ति लगायतका शब्दहरु राखिएको छ । जस भित्र बौद्ध दर्शन, जैन दर्शन पनि परिचय समेत कार्यन्वयन गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम वर्ष (पुरानो कोर्ष) को कोर्ष अनिवार्य विषय शिक्षाका आधारहरु (Ed-५०१) जम्मा १५० पिरियड मध्ये भाग १ दर्शन शास्त्रीय आधार भन्ने एकाईमा ७ पिरियड हिन्दु र बौद्ध दर्शन मध्ये ३.५ पिरियड हिन्दु दर्शन समावेश गरिएको छ । जस भित्र षडदर्शन (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को सामान्य परिचय, चारवेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद), उपनिषद (सत्य, ज्ञान, ब्रह्मा र संसार) को सामान्य परिचय, लगायत हिन्दु दर्शनका विशेषताहरु (धर्म, अर्थ, काम मोक्ष) चार पुरुषार्थ कर्मद्धारा सुख, ईश्वर र मोक्ष प्राप्ति हुने आधारहरु सामान्य रुपमा समावेश गरिएको छ । जस भित्र उद्धेश्यमा समानता, उत्पतिमा समानता, विश्व व्यवस्था नियमित तथा नैतिक हुने, कर्ममा आधारित दर्शन, कर्मको आदर्श तथा मोक्ष जीवनको लक्ष्य लगायतका विषयवस्तुहरु लाई सामान्य रुपमा समावेश गरिएको प्रतिक्रिया रहेको छ ।

त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम वर्ष (नयाँ कोर्ष) को कोर्ष अनिवार्य विषय शिक्षाका आधारहरु (Ed-५१२) जम्मा १५० पिरियड मध्ये भाग १ दर्शन शास्त्रीय आधाहरुमा जममा १५० पिरियड मध्ये ५० पिरियड दर्शन मात्र समावेश गरिएको छ । जसमा वैदिक दर्शन र बौद्ध दर्शन गरी १० पिरियड राखिएकोमा वैदिक दर्शन ५ पिरियड मात्र कार्यन्वयन गरिएको छ जुन हिन्दु दर्शन हो । यस हिन्दु दर्शन भित्र वेद, ईश्वर र ज्ञान, मन, मस्तिष्क र त्रयते मन्त्र संहिताहरु चारवेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद), ब्रहमण (मन्त्र संहिताको व्याख्याता, वैदिक ऋचाहरु – होता, उद्गाता, अध्वर्यु), षड दर्शनको (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को सामान्य परिचय समावेश गरिएको छ । हिन्दु दर्शन अन्र्तगत सत्यंवद, धर्म चर, स्वाध्यायक प्रमदः जस्तो कि साँचो बोल, धर्मको प्रचार गर, स्वाध्यात्मक प्रमाद नगर, मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः, र अतिथिदेवो भवः जस्तो कि आमा, बाबा, गुरु तथा पाहुनाहरुलाई देवता सरह मानेर जाउ जस्ता आधारहरु समेत राखिएको छ । यति मात्र होईन मुक्ति प्राप्ति, समाजको आध्यात्मिक रुपान्तरण, जीवनका लक्ष्यहरु, समाजिक दायित्व,, दुःखबाट छुट्कारा, पञ्चकोषको यात्रा, सत् चरित्रताको निर्माण, राष्ट्रियता तथा विश्व भातृत्वको भावना लगायतका कुराहरु समेत राखेर हिन्दु दर्शनको कार्यन्वयन गरिएको छ भन्ने प्रतिक्रिया रहेको छ ।

त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम सेमेष्टर (परिवर्तन गरिएको नयाँ कोर्ष) को कोर्ष अनिवार्य विषय शिक्षाका आधारहरु (Ed-५११) जम्मा ४८ क्रेडिट आवर मध्ये ३० क्रेडिट आवर दर्शन मात्र समावेश गरिएको छ । जसमध्ये शिक्षामा पूर्वीय दर्शनको परिचय शीर्षकको एकाईमा २ क्रेडिट आवर कार्यन्वयन गरिएको छ । जस षडदर्शनको (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को विस्तृत रुपमा व्याख्या गरिएको छ । सनातनावाद, वेदको निरन्तरता, आत्माको अमरशिलता र जीवनको लक्ष्य नै मोक्ष प्राप्ति हुने आधारहरुको समावेश गरिएको प्रतिक्रिया रहेको छ ।

मध्यपश्चिम विश्वविद्यालय स्नातक तह (वी.एड.) प्रथम सेमेष्टरको कोर्ष अनिवार्य विषय शिक्षाको समाजशास्त्रीय तथा दर्शनशास्त्रीय आधार (Edu-३१३) जम्मा ४८ क्रेडिट आवर मध्ये ४० क्रेडिट आवर मध्ये एकाई चारमा हिन्दु दर्शन र बौद्ध दर्शन गरी ८ क्रेडिट आवर समावेश गरिएको छ । जसमध्ये ४ क्रेडिट आवर मात्र हिन्दु दर्शन मात्र कार्यन्वयन गरिएको प्रतिक्रिया छ । जस षडदर्शनको (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को विस्तृत रुपमा व्याख्या गरिएको छ । होता, उदगाता, आयुविदा, ब्रह्मा, भाव, विचार, दृष्टिकोण, संसार सम्बन्धि धारणा, आत्माको अमरशिलता, ब्रह्मावाद, कर्मवाद, सनातनावाद, त्रिगुणवाद, जीवनको उद्धेश्य, मोक्ष प्राप्ति र मानिसको स्वरुप जस्ता आधारहरुको समेत समावेश गरिएको प्रतिक्रिया छ ।

मध्यपश्चिम विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम सेमेष्टरको कोर्ष अनिवार्य विषय शिक्षाको दर्शनशास्त्रीय आधार (Edu-५११) जम्मा ४८ क्रेडिट आवर मध्ये ३० क्रेडिट आवर मध्ये पूर्वीय दर्शन ५ क्रेडिट आवर कार्यन्वयन गरिएको प्रतिक्रिया रहेको छ । जस भित्र षडदर्शनको (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को विस्तृत रुपमा व्याख्या गरिएको छ । सत्वविद्या, ज्ञानशास्त्र, मूल्यशास्त्र, चारवेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद), ॐ, स्वस्तिक, वेदका विभागहरु वेदको उत्पति, ज्ञानशास्त्र, ज्ञानका प्रकारहरु तथा स्रोतहरु, मूल्यशास्त्र लगायतलाई राखेर विस्तृत रपमा समावेश गरेको प्रतिक्रिया रहेको छ ।

माथिको प्रतिक्रियालाई विष्लेषण गर्दा के भन्न सकिन्छ भने त्रिभुवन विश्वविद्यालय स्नातक तह एक वर्षे तथा तीन वर्षे वी.एड. प्रथम वर्ष, शिक्षाको दर्शनशास्त्रीय तथा समाजशास्त्रीय आधार (Ed-३१२) पुरानो कोर्ष, शिक्षाको दर्शनशास्त्रीय तथा समाजशास्त्रीय आधार (Ed-३१२)प्रथम वर्ष एक वर्षे/चार वर्षे (नयाँ कोर्ष) कोर्ष शिक्षाको दर्शनशास्त्रीय तथा समाजशास्त्रीय आधार (Edu-४१२), नयाँ कोर्ष कोर्ष, प्रथम वर्ष शिक्षाको आधार, त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम वर्ष (पुरानो कोर्ष) को कोर्ष अनिवार्य विषय शिक्षाका आधारहरु (Ed-५०१), प्रथम वर्ष को कोर्ष अनिवार्य विषय शिक्षाका आधारहरु (Ed-५१२) नयाँ कोर्ष र त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम सेमेष्टर (परिवर्तन गरिएको नयाँ कोर्ष) को कोर्ष अनिवार्य विषय शिक्षाका आधारहरु (Ed-५११) मध्यपश्चिम विश्वविद्यालय स्नातक तह (वी.एड.) प्रथम सेमेष्टरको कोर्ष अनिवार्य विषय शिक्षाको समाजशास्त्रीय तथा दर्शनशास्त्रीय आधार (Edu-३१३) र मध्यपश्चिम विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम सेमेष्टरको कोर्ष अनिवार्य विषय शिक्षाको दर्शनशास्त्रीय आधार (Edu-५११) नामको पाठ्यक्रम राखिएको पाईयो ।

त्रिभुवन विश्वविद्यालय स्नातक तह प्रथम वर्षको अनिवार्य विषय शिक्षाको आधार विषमा स्नातक तह (वी.एड.) प्रथम वर्ष एक वर्षे/तीन वर्षे (पुरानो कोर्ष) कोर्ष शिक्षाको दर्शनशास्त्रीय तथा समाजशास्त्रीय आधार (Ed-३१२) पूर्वीय दर्शन र पश्चिमेली दर्शन ३ पिरियड मात्र कार्यनवयन गरिएको छ । त्रिभुवन विश्वविद्यालय स्नातक तह (वी.एड.) प्रथम वर्ष एक वर्षे/तीन वर्षे (नयाँ कोर्ष) कोर्ष शिक्षाको दर्शनशास्त्रीय तथा समाजशास्त्रीय आधार (Ed-३१२) शिक्षा र दर्शन पूर्वेली दर्शन र ४ पिरियड पश्चिमेली दर्शन समावेश गरिएको छ । त्रिभुवन विश्वविद्यालय स्नातक तह (वी.एड.) प्रथम वर्ष एक वर्षे/चार वर्षे (नयाँ कोर्ष) कोर्ष शिक्षाको दर्शनशास्त्रीय तथा समाजशास्त्रीय आधार (Edu—४१२) शिक्षा र दर्शने ५ पिरियड पूर्वेली दर्शन समावेश गरिएको छ । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम वर्ष (पुरानो कोर्ष) को कोर्ष अनिवार्य विषय शिक्षाका आधारहरु (Ed-५०१) ३.५ पिरियड हिन्दु दर्शन समावेश गरिएको छ । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम वर्ष (नयाँ कोर्ष) को कोर्ष अनिवार्य विषय शिक्षाका आधारहरु (Ed-५१२) वैदिक दर्शन ५ पिरियड मात्र कार्यन्वयन गरिएको छ । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम सेमेष्टर (परिवर्तन गरिएको नयाँ कोर्ष) को कोर्ष अनिवार्य विषय शिक्षाका आधारहरु (Ed-५११) शिक्षामा पूर्वीय दर्शनको परिचय शीर्षकको एकाईमा २ क्रेडिट आवर कार्यन्वयन पाईयो ।

मध्यपश्चिम विश्वविद्यालय स्नातक तह (वी.एड.) प्रथम सेमेष्टरको कोर्ष अनिवार्य विषय शिक्षाको समाजशास्त्रीय तथा दर्शनशास्त्रीय आधार (Edu-३१३) ४ क्रेडिट आवर मात्र हिन्दु दर्शन मात्र कार्यन्वयन गरिएको प्रतिक्रिया छ । मध्यपश्चिम विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम सेमेष्टरको कोर्ष अनिवार्य विषय शिक्षाको दर्शनशास्त्रीय आधार (भ्मग पूर्वीय दर्शन ५ क्रेडिट आवर कार्यन्वयन गरिएको पाईयो ।

त्रिभुवन विश्वविद्यालय स्नातक तह (वी.एड.) प्रथम वर्ष एक वर्षे/तीन वर्षे (पुरानो कोर्ष) कोर्ष शिक्षाको दर्शनशास्त्रीय तथा समाजशास्त्रीय आधार (Ed-३१२) मा शिक्षा र दर्शन भित्र षडदर्शन (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को सामान्य परिचय मात्र कार्यन्वयन गरिएको छ । जस भित्र बौद्ध दर्शन, जैन दर्शन पनि परिचय समेत समावेश गरिएको पाईयो ।

त्रिभुवन विश्वविद्यालय स्नातक तह (वी.एड.) प्रथम वर्ष एक वर्षे/तीन वर्षे (नयाँ कोर्ष) कोर्ष शिक्षाको दर्शनशास्त्रीय तथा समाजशास्त्रीय आधार (Ed-३१२) मा शिक्षा र दर्शन भित्र षड दर्शन (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को सामान्य परिचय, चारवेद चारवेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद) को सामान्य परिचय, लगायत कर्मकाण्ड, ज्ञानकाण्ड, आध्यात्मिक तत्व, उपासना, श्रीमदभागवत गिता, निष्काम कर्म, भक्ति तथा कर्म (ज्ञान, भक्ति र कर्म) तीन पक्ष मुक्ति लगायतका शब्दहरु राखिएको छ । जस भित्र बौद्ध दर्शन, जैन दर्शन पनि परिचय समेत कार्यन्वयन गरिएको पाईयो ।

त्रिभुवन विश्वविद्यालय स्नातक तह (वी.एड.) प्रथम वर्ष एक वर्षे/चार वर्षे (नयाँ कोर्ष) कोर्ष शिक्षाको दर्शनशास्त्रीय तथा समाजशास्त्रीय आधार (Edu-४१२) शिक्षा र दर्शन भित्र षडदर्शन (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को सामान्य परिचय, चारवेद चारवेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद) को सामान्य परिचय, लगायत कर्मकाण्ड, ज्ञानकाण्ड, आध्यात्मिक तत्व, उपासना, श्रीमदभागवत गिता, निष्काम कर्म, भक्ति तथा कर्म (ज्ञान, भक्ति र कर्म) तीन पक्ष मुक्ति लगायतका शब्दहरु राखिएको छ । जस भित्र बौद्ध दर्शन, जैन दर्शन पनि परिचय समेत कार्यन्वयन पाईयो ।

त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम वर्ष (पुरानो कोर्ष) को कोर्ष अनिवार्य विषय शिक्षाका आधारहरु (Ed-५०१) दर्शन शास्त्रीय आधार भित्र षडदर्शन (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को सामान्य परिचय, चारवेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद), उपनिषद (सत्य, ज्ञान, ब्रह्मा र संसार) को सामान्य परिचय, लगायत हिन्दु दर्शनका विशेषताहरु (धर्म, अर्थ, काम मोक्ष) चार पुरुषार्थ कर्मद्धारा सुख, ईश्वर र मोक्ष प्राप्ति हुने आधारहरु सामान्य रुपमा समावेश गरिएको छ । जस भित्र उद्धेश्यमा समानता, उत्पतिमा समानता, विश्व व्यवस्था नियमित तथा नैतिक हुने, कर्ममा आधारित दर्शन, कर्मको आदर्श तथा मोक्ष जीवनको लक्ष्य लगायतका विषयवस्तुहरु लाई सामान्य रुपमा समावेश गरिएको प्रतिक्रिया रहेको छ ।

त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम वर्ष (नयाँ कोर्ष) को कोर्ष अनिवार्य विषय शिक्षाका आधारहरु (Ed-५१२) दर्शन शास्त्रीय आधाहरुमा भित्र वेद, ईश्वर र ज्ञान, मन, मस्तिष्क र त्रयते मन्त्र संहिताहरु चारवेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद), ब्रहमण (मन्त्र संहिताको व्याख्याता, वैदिक ऋचाहरु – होता, उद्गाता, अध्वर्यु), षड दर्शनको (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को सामान्य परिचय समावेश गरिएको छ । हिन्दु दर्शन अन्र्तगत सत्यंवद, धर्म चर, स्वाध्यायक प्रमदः जस्तो कि साँचो बोल, धर्मको प्रचार गर, स्वाध्यात्मक प्रमाद नगर, मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः, र अतिथिदेवो भवः जस्तो कि आमा, बाबा, गुरु तथा पाहुनाहरुलाई देवता सरह मानेर जाउ जस्ता आधारहरु समेत राखिएको छ ।

यति मात्र होईन मुक्ति प्राप्ति, समाजको आध्यात्मिक रुपान्तरण, जीवनका लक्ष्यहरु, समाजिक दायित्व,, दुःखबाट छुट्कारा, पञ्चकोषको यात्रा, सत् चरित्रताको निर्माण, राष्ट्रियता तथा विश्व भातृत्वको भावना लगायतका कुराहरु समेत राखेर हिन्दु दर्शनको कार्यन्वयन गरिएको छ भन्ने प्रतिक्रिया रहेको पाईयो । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम सेमेष्टर (परिवर्तन गरिएको नयाँ कोर्ष) को कोर्ष अनिवार्य विषय शिक्षाका आधारहरु (Ed-५११) भित्र षडदर्शनको (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को विस्तृत रुपमा व्याख्या गरिएको छ । सनातनावाद, वेदको निरन्तरता, आत्माको अमरशिलता र जीवनको लक्ष्य नै मोक्ष प्राप्ति हुने आधारहरुको समावेश गरिएको प्रतिक्रिया रहेको पाईयो ।

मध्यपश्चिम विश्वविद्यालय स्नातक तह (वी.एड.) प्रथम सेमेष्टरको कोर्ष अनिवार्य विषय शिक्षाको समाजशास्त्रीय तथा दर्शनशास्त्रीय आधार (Edu-३१३) भित्र षडदर्शनको (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को विस्तृत रुपमा व्याख्या गरिएको छ । होता, उदगाता, आयुविदा, ब्रह्मा, भाव, विचार, दृष्टिकोण, संसार सम्बन्धि धारणा, आत्माको अमरशिलता, ब्रह्मावाद, कर्मवाद, सनातनावाद, त्रिगुणवाद, जीवनको उद्धेश्य, मोक्ष प्राप्ति र मानिसको स्वरुप जस्ता आधारहरुको समेत समावेश गरिएको पाईयो । मध्यपश्चिम विश्वविद्यालय स्नातकोत्तर तह (एम.एड.) प्रथम सेमेष्टरको कोर्ष अनिवार्य विषय शिक्षाको दर्शनशास्त्रीय आधार (Edu-५११) भित्र षडदर्शनको (न्याय, साँङ्ख्य, योग, वैशेषिक, मीमाँसा र वेदान्त) को विस्तृत रुपमा व्याख्या गरिएको छ । सत्वविद्या, ज्ञानशास्त्र, मूल्यशास्त्र, चारवेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद), ॐ, स्वस्तिक ( ), वेदका विभागहरु वेदको उत्पति, ज्ञानशास्त्र, ज्ञानका प्रकारहरु तथा स्रोतहरु, मूल्यशास्त्र लगायतलाई राखेर विस्तृत रपमा समावेश गरेको पाईयो । सुदुर पश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहमा १२ क्रेडिट आवरको र स्नातक तहमा पनि १२ क्रेडिट आवर पूर्वीय दर्शनको प्रयोग भएको पाइयो ।

निष्कर्षमा भन्दा यी विश्वविद्यालयमा कार्यन्वयनमा ल्याएको पूर्वीय दर्शनको आधारमा अध्ययन गर्दा नेपालका विश्वविद्यालयहरुमा पूर्वीय दर्शनको प्रयोग राम्रो रहेको पाइन्छ । जसको कारण नेपालमा पूर्वीय दर्शनको प्रयोग भएको भएपनि अध्ययनरत विद्यार्थीहरुको व्यवहारमा खासै प्रयोग भएको देखिदैन ।

लेखक : मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङ्कन विषयका उप प्राध्यापक हुन् ।