विद्याकी खानी सरस्वती तथा वसन्त पञ्चमीको पुजा तथा महिमा

सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी हंशवाहनसंयुक्ता विद्यादानं करोतुमे । प्रथमं भारती नाम द्धितीयञ्च सरस्वती । तृतीयं शारदा देवी चतुर्थ हंशवाहिनी पचमं तु जगन्माता षष्ठं वागीश्वरी तथा सप्तमं चैव कौमारी अष्टमं वरदायिनी नवमं बुद्धिदात्री च दशमं ब्रहचारिणी एकादशं चन्द्रघण्टा द्धादशं भुवनेश्वरी द्धादशै तानि नामानि त्रिसन्ध्यं पठेन्नर : जिव्हाग्रे वसते तस्य ब्रहरुपा सरस्वती ¤¤¤

वास्तवमा सनातन हिन्दुहरको एक विशेष पर्व तथा मानवीय जीवको मुखमा अवस्थित जीब्रोको टुप्पामा बस्ने मानवीय जीवनलाई यथार्थमुखी बनाउने एक मात्र आराध्यदेवी विद्याकी खानी देवीमाता हुन् सरस्वती । उनको माघ महिनाको बसन्तपञ्चमीको दिन सृष्टिको प्राम्भिक काल वा सत्ययुगमा जन्म वा उत्पति भएको थियो । उक्त दिन आम विद्यार्थी लगायत विद्याकी खानीमा विश्वास राख्ने जो कोही व्यक्तिले उनको एक विशेष विधिपूर्वक पुजाआजा तथा आराधना गर्ने काम गर्दछन् । यो पर्व हरेक वर्ष माघशुक्ल पञ्चमीको दिन पर्ने गर्दछ । यो वर्ष वसन्त पञ्चमी २०७९ साल माघ १२ गतेका दिन परेको छ । यसको ऐतिहासिक चर्चा गर्ने हो भने यसको आराधनाको चर्चा गर्दा सृष्टिको प्राम्भिक वा प्राचीन कालमा भगवान विष्णुको आज्ञाले भगवान ब्रह्माजीले जीवहरुको सृष्टि गरेका थिए । जसमा विशेष गरी मनुष्ययोनीको रचना गरिएको थियो । मनुष्य योनीको रचना पश्चात भगवान ब्रहजी खुशी नभएको अवस्था देखिना गएको थियो । किनकी ब्रहजीको चिन्तनमा एक कुराको कमी भएको महशुस भएको थियो । सोहि चिन्तनको कारणले भगवान विष्णुको अनुमति लिएर ब्रहजीले आफनो कमण्डलुबाट थोरै जल निकालेर उक्तजल यस सृष्टि वा पृथ्वीमा फालेका थिए । उक्त जल पृथ्वीमा पर्ने वितिकै पृथ्वी मातामा निकै डरलाग्दो तरिकाले कम्पन उत्पन्न भएको थियो । त्यस पश्चात वृक्षहरुमाका वीचमा एक फरक तथा अदभूत खालको शक्तिको उत्पति भएको थियो । त्यो थियो फरक तर अदभूत खालकी नारी वा देवीप्राकट्य एक चतुर्भुजी सुन्दर स्त्रीको उत्पति भएको थियो । उनको एक हातमा वीणा तथा अर्काे हातमा मुद्रा रहेको थियो । अन्य दुई हातमा भने पुस्तक तथा माला रहेका थिए । सोहि बखत भगवान ब्रहजीले ती देवीसंग वीणा बजाउने अनुरोध समेत गरेका थिए । जब ती देवीमाताले वीणाको मधुरनादको स्वर बाहिर प्रस्फुटन गरिन् उक्त समयमा संसारामा रहेका विविध खालका समस्त जीव, प्राणीहरुलाई एक्कासी शाश्वत वाणी प्राप्त भएको थियो ।

नदीनाला, समुन्द्रमा एकाएक आवाज वा कोलाहल प्राप्त भएको थियो भने हावामा पनि एक खालको सरसर आवाजको प्रादुर्भाव भएको थियो। त्यसपछिभगवान ब्रहजीले तीदेवीमातालाई विभिन्न नामले परिचित गराएका थिए । ब्रहजीले ती वाणीकी देवीलाई वाणीकी देवी सरस्वती भनी नामाकरण समेत गरेका थिए । पछि धर्मशास्त्रहरुले ती सरस्वतीमातालाई बागीश्वरी, भगवती, शारदा, वीणावादिनी तथा वाग्देवी, सरस्वती, शारदा, जगत्माता, कौमारी, वरदायिनी र कामधेनु आदि नामले चिरपरिचत गराएका छन् । आज हाीले पनि ती नामले उनको विशेष खालको पुजाआजा गर्दै आएका छौं । उनी माता विद्या तथा बुद्धि दातृ पनि हुन् । उनीबाट नै आजको समाजमा प्रयोग गरिनेगित तथा संगीतको उत्पति भएको थियो। जसको फलस्वरुप आज सरस्वतीमातालाई संगीतकीदेवी पनि भन्ने गरिन्छ । आज संसारमा प्रयोग गरिने स्वर, सङ्गीत, ताल लयकीश्रोत (सा रे ग म प द नि सं) देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीका माधुर्य, गला एवम् कलाको निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने माताको रुपमा सरस्वतीलाई लिने प्रचलन छ । त्यसकारण पनि उक्त दिन माता सरस्वतीलाई विभिन्न आराधना एवम् पुजा अर्चना गरेर मनाउने काम गरिन्छ । श्रीपञ्मीका दिन कामदेव र रतिको पनि संगसंगै पुजाआजा गरिन्छ । कतिपय ठाउँमा वसन्तका प्रतिकदेव र उनकी स्त्री रतिको विशेष स्मरण गर्ने दिन आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ ।

कला र गलाका पारखीहरुका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी भनौं वसन्त पञ्चमी नै हो । जीवलाई फरक रुपमा श्रृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ । काव्यविनोद,श्रष्टा, सर्जक, कलाका साधनाहरुको श्रोत नै हो । यस दिन सरस्वतीको जन्मोत्सव भएकाले उक्त दिन विद्याकी खानी सरस्वतीको आराधना गर्ने काम विद्यालय तथा विश्विद्यालयमा मात्र होईन की विद्या प्राप्त गर्ने वा प्रदान गर्ने सरकारी तथा गैरसरकारी शिक्षण संघ संस्थाहरुमा धुमधामसंग मनाउने प्रचलन छ । विद्या प्राप्त गर्ने वा गरेका आम व्यक्तिहरुले घर घरमा र सरस्वती मन्दिरमा गएर सरस्वतीको तस्विर तथा आफना् पाठ्यपुस्तक लगायत कलम कपीहरु राखेर पनि पुजाआजा गर्ने काम गरिन्छ । हाम्रो बुद्धि प्रज्ञा तथा मनोवृतिहरुकी खानी वा संरक्षिकाको रपमा सरस्वतीलाई सम्झने काम मात्र होईन हरेक मानवीय जीवनको श्वास प्रश्वासमा स्मरण गर्दछौं र गर्न आवश्यक छ ।

न चोरले चोर्ने न त राज हर्ने न अंश लाग्ने न त भारी हुन्छ । विद्या ठूलो यो धन यो समानको अर्काे कुनै छैन भनेर ठान । विद्या भए दिन्छन् खान सारा विद्या भए हुन्छौं हामी प्यारा । लौ पैसा जाउ पढ्ना त कसैले भन्दैन पढ्नमा आफैले कोशिस गर्नु पर्दछ । यो भनाईका तात्पर्य पनि यहि सरस्वतीमाताको आराधनाको कारण आएको हो । यहि कारणले आजको २१ शताब्दिका मानिसहरुले ज्ञानको घमण्ड गर्न थालका छन् । विद्या संसारको तयसतो चिज हो जो जति अरुलाई बाँड्नेकाम गरिन्ठ त्यति नै बढ्ने काम गर्दछ । यो त्यहि सरस्वतीमाताको आराधनाको फलस्वरुप प्राप्त हुने गर्दछ । हामीमा जो आचार र मेधा छ त्यसको आधार भगवती सरस्वती नै हुन् । यिनको समृद्धि तथा सवरुपको वैभव अद्भुत छ । उत्साह, लगनशिलता तथा अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी हुन् । उनी यसैमा रमाउने अनि निकै खुशी समेत हुने गर्दछिन् । मानवीय जविनको लागि सबैभन्दा उत्तम धन भनेको विद्या नै हो । विद्याहिन व्यक्ति भाग्यबाट निकै टाढा रहन्छ र रहने गर्दछ तथा रहेको पनि छ । मानिसमानैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरु हुन् ।

सरस्वतीमाताबाट ज्ञान,बुद्धि, संयम तथा विवेक प्रदानगर्ने काम गरिन्छ । सरस्वतीदेवीलाई कृपास्वरुपको प्रसादबाट नै मानवीय जीवनमा अति आवश्यक तथा बुद्धि र विवेकको आधार प्रदान गर्ने गरिन्छ । जसको कारण आजको २१औं शताब्दिमा ज्ञान तथा विज्ञानमय संसारका हुन गएको छ । आजको ब्रमान्डमा यन्त्र, विज्ञान, औजार तथा मेसिनयुक्त सुविधाजनक आधारहरु समेत उनको आर्शिवादको कृपा हो जहाँ विद्याको प्रयोग गरेरवा बुद्धि तथा विवेकको प्रयोग गरेर नैत्यसखालको विकास भएको हो । हिन्दु धर्मशास्त्र अनुसार उक्त दिन संस्कार, सभ्यता तथा संस्कृतिकीदेवीएवम् महादेवी, जयन्तीदेवीको उत्सव मनाएर आफना अभिभावकले छोराछोरी वा बालबालिहरुको नाक, कान छेड्ने देखि अक्षर शुभारम्भ गर्ने काम गर्दछन् ।उक्त दिन बालबालिकाहरुलाई यतिमात्र होईन विद्यालय औपचारिक शिक्षाकोसुरुवात समेत गराउने काम गरिन्छ । यस दिन अषर आरम्भ गराउँदा आफना छोराछोरीले राम्रो संग शिक्षा प्राप्त गर्नुका साथै शुभ दिनको महशुससमेत गर्ने प्रचलन हिन्दु धर्मशास्त्रमा मात्र होई विभिन्न धर्मशास्त्रले चर्चा गरेका छन् । जस्तो की बौद्ध धर्मशास्त्रमा आस्था राख्नेहरुले उक्त दिन माता सरस्वतीलाई फरक (मन्जुश्री) को नामले पुजाआजा गर्ने गर्दछन् । यस दिन कुनै पनि नयाँकाम गर्नका लागि शुभसाईतको आवश्यकता नपर्ने समेत हिन्दु धर्मशास्त्रमा उल्लेख छ ।

वसन्तपञ्चमी वा श्रीपञ्चमीको दिन विहान उठ्ने । नुहाई नित्यपुजा कर्म गर्ने । त्यपछि विभिन्न समाग्रीहरुको व्यवस्थापन गर्ने ।यसको लागि सामान्यतया दहि, घ्यु, मह, चिनी, विभिन्न नैवेद्यहरु, पक्वान्न, मिठाई, कपुर, बस्र वा कपडा्र, भेटी, चन्दन, बास्नयुक्त चिजहरु, अगरवति, धुपवति, बेल, लड्डु, पञ्चअमृत, केशवरी पहेंलो रंग, विभिन्न पुष्पहरु लगायत सेतो, रातो, पहेंलो पुष्पमाला बाट पुजा अर्चनाको काम गरिन्छ । विद्यार्थीहरुले मन्दिर गएर मात्र पुजा आजा गर्ने भन्ने मात्र होइन कि घरमा बसेर सरस्वतीको आराधना गर्ने र विद्याको पराक्रमको आधार एवम् ज्ञान प्राप्त गर्नका लागि तत्पर बनाईदिन र जीवनमा सफलता प्राप्त गर्न सरस्वतीमातासंग शुभ आर्शिवाद समेत माग्ने काम गर्दा हुन्छ । विद्याकी देवी सरस्वतीलाई विभिन्न व्यक्तिहरुले विभिन्न तवरले पुजाआजा तथा आराधना र अर्चना गर्ने काम गर्ने प्रचलन छ । उनलाई आम बुद्धिजीवीहरुले आफुमा विशेषज्ञता प्राप्त होस भनेर विशेष पुजाआजा गर्दछन् भने बालबालिकाहरुले ज्ञानको ढोका सफल होस भनेर र आरमभ गर्नेहरुले ज्ञानको बाटो आनन्दले तयार होस भनेर आराधना गरेको पाईन्छ । सरस्वतीको वाहन हाँस हो उक्त वाहनराहंशले दुध तथा पानी सजिलै छुठ्याउने काम समेत गर्दछ । यो भनेको ठिकवेठिक वा सहि वा गलत रुपमा सहजरुमाराख्ने निर्णय गर्नु हो । सरस्वतीमाताको आराधना गर्नका लागि निकै खर्चिलो छैन र गर्नु पनि पर्दैन ।

वसन्त पञ्चमीका दिन सरस्वती माताको आराधना गर्नले विद्या तथा बुद्धि समेत बढ्ने विश्वास छ । यहि विश्वासको आधारमा श्रदालु भक्तजनहरुको उत्साहजनक उपस्थिति मठ मन्दिरमा हुने गरेको छ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणर पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले विद्या तथा सिर्जनको स्वरुप प्राप्तिको लागि आराधना गर्ने काम गरिन्छ । उक्त दिन विशेष गरी शिक्षक, विद्यार्थीहरु, कलाकार, पत्रकार, आ आफ्ना कलाका साधनहरुको प्रयोग गर्ने व्यक्तिहरुले आफनो कापी, कलम, संगीतका साधन, वाद्यवाधन पुस्तक राखेर पुजाअर्चन ागर्ने परम्परा रहेको छ । तर कतिपयले तन्त्र तथा सिद्धिकको लागि तारादेवीका रुपमा आराधना गर्ने प्रचलन समेत रहेको छ । विद्यार्थीहरुलाई चेतनाको स्तोत्र पढ्न लगाउदै विद्याकीखानी सरस्वती मातासंग विद्या तथा सदबुद्धिको वरदान समेत माग्ने गरिन्छ । सरस्वतीको लागि चढाएका सातगेडा शुद्ध खालका अक्षताको दाँतले नछोएर निलेमा विद्या तथा बुद्धि सफुरण भएर विद्याकीखानीबाट चेतनाको ज्योतीप्राप्त गर्न सकिने प्रमाण हिन्दु धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

नेपालको हकमा सरस्वतीका प्रशिद्ध मन्दिरहरुमा काठमाण्डौंको जयबागीश्वरी, स्वयम्भू, मञ्जुश्री, हाँडीगाउँ, बल्खु, ललितपुरको लेले, गैह्ीगाउँ, हाँडीगाउँ भक्तपुरको थाकलमाठ, हनुमान घाटको नील सरस्वतीमा गएर विशेष खालको पुजाआजा गरिन्छ ।

निष्कर्षमा सरस्वतीको पुजाआजाबाट मात्र सरस्वती प्रशन्न हुने होइन उनी प्रशन्न हुने भनेको त हरेकदिन आफुसंग भएका पाठ्यपुस्तकको अध्ययनबाट मात्र हो । हरेक दिन उनको जति नै पुजाआजा तथा आराधना गरेतापनि उनी कहिल्यै प्रशन्न हुने काम गर्दिनान् । हामी अध्ययनशिल विद्यार्थीको काम के हो भने उनको महिमा गाउनुका साथै अध्ययन अध्ययनकार्य, खोज तथा अनुसन्धान कार्य, पहिचान कार्य, अन्वेयषण कार्य नै हो यहि कार्य नै वास्तविक सरस्वतीको आराधना हो । धर्मशास्त्रले पनि आज यही आधारलाई प्रमाणित गर्न खोजेको छ । पाठ्यपुस्तक फिटिकै अध्ययन नगर्ने, कुनै पनि अध्ययनमा चासो नदिने, खोज, अनुसन्धानमा चासो नराख्ने तर हरेक दिन सरस्वतीको आराधना गर्छु भनेर त झन उनीले आर्शिवाद होइन कि रिसाउने वातावरणको सिर्जन हुन्छ ।

त्यसकारण आजका बुद्धिजीवी, विशेषज्ञ, वैज्ञानिक, प्राध्यापक, शिक्षक, अध्ययनरत विद्यार्थी, खोजकर्ता, विद्यालय तथा विश्वविद्यालयका संघसंंस्था लगायतले आजका बालबालिकालाई यसखालको ज्ञान प्रदान गरेर चेतना प्रदान गर्नु आवश्यक छ । मेहनतको फलमा मात्र सरस्वतीमाताको बसाइ हुने वा उनी निकै प्रशन्न हुने भएकोले हामी सबै अध्ययनशिल हुनु पर्दछ । यस कार्यमा हामी सबैको लगाव चाहिन्छ अनि मात्र आराध्यदेवी, जनजीब्रोकी खानी, वीणापुस्तक धारिणी देवीमाता, धन तथा मनकी खानी, संगीतप्रेमी तथा संगीतमय देवी, गला एवम् कलाकी खानी सरस्वतीको आराधना बसन्तपमीको दिन गरिन्छ र गर्नु आजकोआवश्यकता छ उक्त दिन नेपाल सरकारले नेपालका सबै शिक्षण संघसंथालाई सार्वजनिक विदा दिने काम गरेको छ त्यो पनि सरस्वतीको आराधना गर्नका लागि हो ।

लेखक : मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुममुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङ्कन विभागका विभागीय प्रमुख साथै वैष्ण धर्म परिषद नेपाल बाँकेका सचिव समेत हुन् ।