नेपालका सातओटा प्रदेशमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो प्रदेश हो कर्णाली प्रदेश । कर्णाली प्रदेशको पूर्व र दक्षिण लुम्बिनी प्रदेश, पश्चिममा सुदूरपश्चिम प्रदेश र उत्तरतिर छिमेकी राष्ट्र चिन पर्छ ।
यो प्रदेशको सबैभन्दा होचोठाऊँ भेरी र कर्णालीको संगम स्थल जामु कुईने १८० मिटरदेखि अग्लो स्थान डोल्पा जिल्लाको चुरेन हिमाल ७ हजार ३ सय ४८ मिटरसम्मको भूभाग रहेको छ । उत्तर–दक्षिण २५० कि.मी. र पुर्व–पश्चिम २६५ कि.मी.सम्म फैलिएको छ ।
यो प्रदेशको कुल क्षेत्रफल ३० हजार २ सय ११ बर्ग कि.मि.रहेको छ । कर्णालीले नेपालको २१.६% भूभागलाई ओगटेको छ । कर्णालीमा नेपालकै ठूलो ताल रारा, गहिरो ताल से–फोक्सण्डो र ठूलो जिल्ला ड़ोल्पा रहेका छन् । यस प्रदेशको कुल क्षेत्रफलको ३७% वन २४% हिमाली क्षेत्र बाँझो जमिन ३१% र खेतीयोग्य जमिन ६.३९% रहेकोछ ।
कर्णाली प्रदेशको राजनैतिक हिसाबले रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, दैलेख, मुगु, कालिकोट र सुर्खेतगरि १० जिल्ला २५ नगरपालिका ५४ गाउँपालिका गरि ७९ स्थानीय तह र ७१८ वडामा विभाजनको गरिए छ ।
जनसंख्या २०७८ को जनगणना अनुसार रुकुम पश्चिम –१५५३८३, सल्यान –२४२४४४, सुर्खेत–३५०८०४, दैलेख – २६१७७० जाजरकोट –१७१३०३, डोल्पा–३६७००, जुम्ला –१०८९२१, कालिकोट –१३६९४८, मुगु –५५२८६ र हुम्ला –५०८५८ रहेको छ ।
यहाँका अदिकांस मानिस हिन्दुधर्म मान्ने गर्दछन् । यस भागमा मश्टो पूजा गर्ने समुदायको बाहुल्लेता रहेकोछ।यासका अलावा बौध्द, मुस्लिम, बोनका साथै पछिल्लो समयमा इसाई धर्मा मान्ने समुदाय पनि रहेका छन । कर्णालीमा बसोबासगर्ने मुख्य जातजातिहरु ब्रह्माण ,क्षेत्रि, राउटे,थारु, राजी, दमाई, लुहार, मगर, सार्की, कुसुण्डा, ठकुरी, सन्यासी, बादी र गन्दर्व जस्ता जातजाति रहेका छन् ।
शैक्षिक अवस्थामा विद्यार्थी कुल भर्नादर ९०.७५% छ भने सिकाई उपलब्धि –४२.५%रहेको छ । कक्षा दोहोर्याउने–३५% र कक्षा बिचमा छोड्ने ६% रहेका छन।अदिकंस विद्यार्थी समयमा पाठ्यपुस्तक उपलब्ध शैक्षिकसत्रको मध्यसम्म नहुँदा शैक्षिक सिकाई उपलब्धि भनेजति हुन सकेको छैन। साक्षरताको हिसाबले सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेख पूर्ण साक्षर जिल्ला घोषणा भैसकेका छन ।
कर्णाली पिछडिएको कारण खोज्दै जाँदा विभिन्न कारण मध्ये यहाँको भौगोलिक विकटतालाई मुख्य श्रेयजान्छ । यसको अलावा नेपाल सरकारको कर्णालीलाई हेर्ने दृष्टि, चेतनाको अभाव स्रोत साधनको उपयोगिता र संरक्षणको कमिले युवाहरूको जिविकोपार्जका लागि विदेश पलायन भयको कारण परिवर्तन गर्न कठिनाई भयकोछ ।
आम्दानीको नियमित स्रोत नहुदा नैराश्यता जागेर आउनु । खेतीपातीमा प्राकृतिक तथा जैविक प्रकोप हिउँ, असिना र हावाहुरी र जङ्गली जीवबाट नोक्सानी हुनु । जातीय सङ्कृनतामा जरैदेखि अन्त नहुनु।दलगत स्वार्थमा अन्धभक्त भएर गाँउ समाजमा विभाजित भयर रुमलिनु । नेत्रृत्व गर्ने मानिसको वरपर चाकडी ठेक्का प्रणाली र कमिसनको खेलले वास्तविक वर्ग सम्म राज्यको पहुच नहुनु र कुनै अवसर आउदा टाठा बाठाले मात्र उपयोग गर्नु । कृषि उत्पादनको बजारिकरण हुन नसक्नु भएपनि बीचौलीहरुको लुटको मारमा पर्नु ।दक्ष जनशक्ति अभाव तथा भएपनि सेवा भन्दा जागिरे मानसिकताले ग्रसित भएर जनताको मालिक बनेर दुखेसो नबुझ्ने हुनु । यातायात पुर्वाधारको कमि भएको ठाउँमा पनि बाह्रै महिना चल्न नसक्नु ।
पठनपाठनमा स्वबलंभीपाना बाट बिस्तारै परनिर्भरता तिरधकेल्नु र व्यावहारिक सीप नहुनु । पर्यटनको सम्भावना हुदाहुदै पर्यटन ब्यवसाय सञ्चालन गर्ने
नसक्नु । सरकारी योजनाको उचित रेखदेख नहुदा एउटै योजना बारबार बनाउनुपर्ने र सरकारको मुख ताकेर सहजै हुने काम समाजमा अपनत्वको भावनाको कमिका कारण बिग्रिन्छ । स्थानीय स्रोतका प्रयोगको कमि अशिक्षित भयकाले अन्धविश्वस र खेतीपाती परंरागत हुनले प्रचुर संभावना हुदाँहुदै कर्णाली पिछडिएका छ ।
कर्णाली पशुपालनको पर्चुर सम्भावना बोकेको प्रदेश हो । यहाँका ठूलाठूला वनजंगल भएकोले पशुहरुलाई आवश्यक घाँसको सहजै आपूर्ति हुन्छ । पशुपालन गारेर बर्सेनि दशैँ, तिहारको समयमा छिमेकी देश चिन र भारत करोडौंका भेडा, च्यांग्रा, खसी बोका भित्रिने गर्छन । यसको पूर्ति गर्ने हो भने देशको अर्थतन्त्रलाई निकै टेवा पुग्नेछ । कर्णालीका स्थानीय सरकारले वास्तविक किसानको पहिचानन गरि गाई, भैसी, बंगुर, भेडा, बाख्रा र च्याङ्ग्राको पकेटक्षेत्र घोषणा गरिति जनवारहरुको उपयुक्त नस्ल सुधार र बजारीकरण गरिदियो भने किसानहरुको आर्थिक स्थरमा सुधार पुग्ने थियो।पशुपालन गर्दा दूध, दही, घिऊ र मासुजस्ता पशुजन्य खानेकुरामा आत्मनिर्भर बनाउन सकिन्छ ।
पहाडका गाउँहरुमा गाई भैसीको दूधको संकलन गरि बजारसम्म पुर्याउने काम गरियो भने किसानले स्थानीय सरकारको प्रत्याभूत गर्ने छन।त्यस्तै मासुको बढ्दो मागलाई ध्यानमा राख्दै कुखुरा, हाँस, टर्की र लौकाट जस्ता पंछी पालेर अन्डा र मासुको पूर्तिगर्न सकिन्छ । यसको लागि किसानलाई प्राविधिक जनशक्ति र उत्प्रेरणाको खाँचो छ ।
कर्णाली प्रदेश जडीबुटीको राजधानीको रुपमा चिनिन्छ । कर्णलीमा बहुमूल्य यार्चागुम्बा, गुच्ची च्याउ पाँचऔले, बोझो, चिरातो, पदमचाल, बिषमा, कटुकी, सुगन्धवाल, अत्तिस, रातोच्याउ र भुत्ले लगायतका सयौ जडिबुटी पाइन्छन । जडीबुटीलाई कच्चा पदार्थकै रुपमा उचित बजारमा पुर्याउँदा देश बाहिर जाने आर्थिक यहाँको विकासमा लगानी गर्न सकिन्छ । कर्णालीमा ३७.१९% वन भएको हुनाले वन पैदावार सङ्कलन र प्रशोधगरी बिदेशी बजारमा सम्म बिक्रीवितरण गरेर पर्चुर लाभ लिन सकिन्छ । हिमाल र पहाडी क्षेत्रमा पाइने जडीबुटी कच्चापदर्थको रुपमा भारत र चिनमा विक्री गर्दा मनग्य राजश्व आम्दानी हुने थियो।कृषिको विकासगर्न बिभिन्न ठाउँमा रहेको फलफूल स्याउ, सुन्तला, केरा, आँप, ओखर, किबी र अम्बाजस्ता किसानको उत्पादनलाई उचित बजारमा पुर्याउनसक्नु आर्थिकस्थर उकास्ने आधार हो ।
त्यस्तै गरेर अदुवा, टिमुर, अलैची, तेजपात लसुन जस्तामसला उत्पादन गरेर बिक्रीगर्न सकिन्छ । बाँझो जमिनमा टिमुर तथा फलफुल रोपि दक्षता र क्षमताको बिकाशगरि उन्नत तरिकाले नगदेबालीर तरकारी उत्पादनको विस्तारगर्दै परम्परागत खेतीलाई आधुनिकता तिर लिदै आर्थिकस्तर उकास्ने अभियानको थालनी आजको आवश्यकता हो ।
कर्णाली समृद्ध बनाउन यहाँका असंख्य तालतलैया, कुण्ड, झरणा, मठ, मन्दिर गुफा पुरातात्विक धरोहर, जगेर्ना गरी गरीबी अन्त गर्न पर्यटन व्यावसाय सञ्चालन गरि स्वदेशी तथा बिदेशी पर्यटक भित्याई आर्थिक विकास गर्न सकिन्छ । पर्यटनको पुर्वाधारका लागि आधुनिक होटेल सञ्चालन गरि पर्टक भित्र्याउन सके यो प्रदेशको आर्थिक विकासको एक महत्वपूर्ण आधार पर्यटन हुनेथियो। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कर्णाली प्रदेशमा सांस्कृतिक सम्पदा समेतले पर्यटकीय महत्व बोकेको छ।
यस प्रदेशको मुख्य पर्यटकीय क्षेत्रको रूपमा स्वर्गकी परी भनेर चिनिने देशकै ठूलो मुगुको रारा ताल, सैपाल हिमाल, रारा राष्ट्रिय निकुञ्ज, हुम्लाको बौद्ध धर्मालम्बीहरूको गुम्वाहरूमा रलिङ्ग गुम्वा, याल्वाङ्ग गुम्वा, रिझिलिङ्ग गुम्वा, खार्पूनाथ, महादेवल कालिकोटमा तिला गुफा, ढुँगे बगैचा, रामारोशन, नेपालकै अग्लो पचाल झरना, फुगाड झरना, पचछहरी झरनारहेका छन् चुलीमालिका मन्दिर, बडीमालिका मन्दिर , डोल्पामा रहेको छायानाथा हिमाल, से–फोक्सुन्डो ताल,से–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, त्रिपुरासुन्दरी मन्दिर छन।
सुर्खेतको बुलबुले ताल, काँक्रेबिहार,देउती बज्यै मन्दिर, लाटिकोइलीको शिव मन्दिर, बराह ताल, चमेरो गुफा,भोटेचुली, बिजौर सिम्ता यस जिल्लाका पर्यटकीय स्थल हुन जुम्लाको चन्दननाथ, कनकासुन्दरी, भैरवनाथ मन्दिर,चिमरामालिका मन्दिर,श्री शिवमन्दिर,थाकुरज्यु मन्दिर ,हुड्केदह सिजा नेपालीभाषा को उद्गमस्थल, गोठिचौर, तातोपानी जस्ता स्थाल रहेका छन। दैलेखको खस राज्यको राजधानी दुल्लु राज्य, पंञ्चकोशी क्षेत्र, भूर्तीमा रहेका २२ वटा देवल, नेपालकै प्रमुख मानिने एक मात्र शिलालेख दूल्लुस्थित कृतिखम्म,सातखम्बा,ज्वालाजी रहेका छन । सल्यानको कुपिण्डे दह, देवस्थल ,कुमाखी सिद्ध, खैराबाङ मन्दिर र छायाक्षेत्र सतीदेबीको अङग पतन भएको ठुलो शक्तिपीठ भगिती, कमलाक्षी मन्दिर र मोखलागफुा, आदि धुम्न योग्य ठाउँ हुन। रुकुमपश्चिमको स्यार्पूताल,डिग्रे शाहिकुमारी मन्दिर ,बिजयश्वरी भगवती मन्दिर पर्यटनका मुख्य आकर्षक गन्तव्य हुन् । यसका साथै जाजरकोटको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा कगामारा हिमाल, मालिका गुफा, भकारे दह रहेका छन् ।
सरकारले पर्यटन सम्बन्धीको विकासमा ध्यान दिने हो भने पर्यटनबाटै प्रदेशको आर्थिक समृद्धि सम्भव छ । कर्णालीमा पर्यटन, धार्मिक, साहासिक पर्यटनको प्रचुर सम्भावना रहेको छ । यहाँका हिमाल समुन्द्री सतहदेखि ७ हजार मिटरभन्दा बढीसम्मको उचाइमा रहेका छन् । समथल भूमिदेखि उच्च हिमाली क्षेत्रमा फैलिएको यस प्रदेशमा विविध प्रकारका वन्यजन्तु तथा वनस्पति पाइन्छन् । यसले यस प्रदेशलाई जैविक विविधतामा धनी बनाउन सक्छ । यस क्षेत्रमा रहेका हिमाल, पहाड, वनजङगल, नदी, झरना, ताल आदिले प्राकृतिक सम्पदामा पनि धनि बनाउन सक्छ ऐतिहासिक स्थल तथा साँस्कृतिक सम्पदाका हिसाबले हेर्ने हो भने पनि कर्णाली प्रदेश धनी छ । कर्णाली प्रदेश ऐतिहासिकस्थल तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण छ ।
, सुर्खेतको काक्रेबिहार लगायतका थुप्रै ऐतिहासिक स्थलको अवस्थिति तथा खस संस्कृति, हिमाली क्षेत्रको संस्कृति लगायतका धेरै प्रकारका जनजातिको संस्कृतिले यस क्षेत्रलाई ऐतिहासिक स्थल तथा साँस्कृतिक सम्पदामा पनि धनी बनाएर यहाँको पर्यटन सम्भावनालाई थप प्रवल बनाएका छन् । धार्मिक पर्यटनका हिसाबले पनि कर्णाली प्रदेशको उत्तिकै सम्भावना रहेको छ विभिन्न मठ, मन्दिर र धार्मिक स्थलका कारण यस प्रदेशलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ । हिन्दुहरूको पवित्र तीर्थस्थल मानसरोवर जाने पर्यटकलाई पनि यस प्रदेश भएर जान छोटो पर्दछ । यसले गर्दा पनि धार्मिक पर्यटनमा थप टेवा पुग्ने देखिन्छ । भित्री मधेसदेखि हिमाल सम्मको भूअवस्थिति तथा कर्णाली र भेरी नदीहरूका कारण यस क्षेत्रलाई र्याफ्टिङ,पहाडी चुचुराहरुमा प्याराग्लाईडिङ, र पर्वतारोहण जस्ता साहसिक पर्यटकीय क्षेत्रका रूपमा समेत विकास गर्न सकिने सम्भावना यस प्रदेशमा रहेको छ । पर्यटनको सम्भावना बारे प्रदेश सरकार पनि गम्भिर रूपमा लाग्नुपर्ने देखिएको छ ।
कर्णाली प्रदेशमात्रै त्यस्तो प्रदेश हो जसको भारतसँग सिमाना जोडिएको छैन ।
कर्णाली प्रदेशका चीनसँग जोडिएका हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिम्ला नाकालाई जोडनेहो भने समृद्धिका ढोकाका पूर्ण रूपमा खुल्ने कुरालाई नकार्न सकिन्न । हुम्लाबाट तिब्बत जोड्ने हिल्सा नाका अहिले आंशिक रूपमा सञ्चालनमा छ । यसलाई व्यापारिक भन्दा पनि मानसरोवर जानका लागि आउने पर्यटकले प्रयोग गर्ने पर्यटकीय नाकाका रूपमा अहिले प्रयोग गरिँदै आएको छ । यसलाई व्यापारिक नाकाका रूपमा पनि प्रयोग गर्न सकिने संभावना भए पनि हुम्लासम्म सडक नपुगेकाले व्यापारिक रूपमा प्रयोग गर्न सकिएको छैन ।
हुम्लासम्म सडक पुर्याई कलोपत्र गरि व्यापारिक रूपमा प्रयोग गर्न सकिए हिल्सा नाकाबाट राम्रो आम्दानी हुने र हिल्सा नाकालाई खासगरी नेपालगन्ज भएर भारतसँग जोड्ने त्रिदेशीय नाकाका रूपमा विकास गर्न सकेको खण्डमा हिल्सा कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका हुनसक्ने छ । यहाँको अर्को नाका हो मुगुको नाक्चेलाग्ना हो। मुगुको गमगढीदेखि नाक्चेलाग्नासम्म ९१ किलोमिटर सडक निर्माणको काम समेत अहिले भैरहेको छ । डोल्पाबाट तिब्बतको मरिङलामा नाका जोड्न सके अर्को सम्भावना देखिन्छ। उत्तर तिरका नाका खोल्नका लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने आजको आवश्यकता छ।
समग्रमा भन्नुपर्दा कर्णाली समस्याको पोको होइन।यो प्रचुर सम्भावनाको केन्द्र हो। ।कर्णाली डाँफे, मुनाल , पाण्डा र कस्तुरी जस्ता लोभउन्मुख जनावरको आवास क्षेत्र हो।कृषि विभेदकरणको सम्भावित क्षेत्र हो।बहुमुल्य जडीबुटीको भण्डार हो ।पुरातात्त्विक सम्पदा र लोक सांस्कृतिको खानी हो ।नेपाली भाषाको उद्गम स्थल हो । यो एउटा सुनको डल्लो हो। यसलाई सजाउन मिहिनेती कालिगडको आवश्यकता छ। कस्तुरीले आफ्नो बिण खोज्न वनवन भौतारि जसरी कर्णालीका जनता आफैंमा भएको अमुल्य छटा हुदाहुदै भौतारीनु नेतालाई गाली गर्दै सरकारले केही गर्दैन भनेर मात्रै विकास हुन सक्दैन सबैले आफ्नो गाउँ ठाउँ बाट सबै नागरिक सामाज,कर्मचारी,पत्रकार, युवा ,शैक्षिक अभियन्ता र सरोकारवालाको सहभागीता बढाउनु आजको आवश्यकता हो।
अत आधुनिक कर्णाली विकास गर्न यहाँ रहेका प्रकृतिक,सांस्कृतिक ,जैविक र पुरातात्त्विक सम्पदाको उचित संरक्षण गरी हातेमालो गर्दै अघि बढ्नु हरेक कर्णाली वासीको आवश्यकता देखिन्छ । हामीमा रहेका राजनैतिक ,सामाजिक ,भौगोलिक र जातीय कुण्ठाबाट एक कदम अगाडि बढ्नु नै समृद्ध कर्णाली बनाउन आधार हो। महजन्य उत्पादन ,पशुपालन गरि मनग्ये आम्दानीको विकास र वृद्धि गर्न सकिन्छ ।त्यस्तै कर्णालीका जलाधारको प्रयोग विद्युत्को उत्पादनमा गर्न सकिन्छ।आवश्यक पुर्बाधर बिजुली,संचार,बजारीकरण ,यन्त्रीकरण,जैविक पहिचान र भौगोलिकताको पहिचान भए कर्णाली साच्चिकै स्वर्ग हुनेथियो।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्