‘शिक्षा स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिएका छौं’

बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष टेक बहादुर रोकायसँग विकास, भावीयोजना, सम्भावना र चुनौतीबारे कोहलपुर टुडेका समाचारदाता गम बहादुर डाँगीले गरिएको कुराकानीको सम्पादित अंश :

१. यहाँलाई स्वागत छ कोहलपुर टुडेमा
धन्यवाद ।

२.तपाई निर्वाचित भएपछि पालिकामा के कस्ता कामहरु भएका छन ?

निर्वाचित भएपछि थुप्रै कामहरु भएका छन् । चुनावी अभियानमा गरेका प्र्रतिबद्धता पुरा गर्नका लागि पहिले हामीले निति तथा कार्यक्रम निर्माण गर्‍र्यौ । वडाको पहिलो प्राथमिकता भनेको शिक्षा, दोस्रो स्वास्थ्य, तेस्रो सामाजिक विकास र चौथो भौतिक पूर्वाधारलाई लिएका छौं । मुलत एउटा बृहत योजना निर्माण गरी वडा र पालिकाका कामहरु गरिरहेका छौं । पालिका स्तरमा कृषि खेतीका लागि पकेट क्षेत्रको विकास गरी विभिन्न कार्यक्रमहरु समेत सुरु गरिसकेका छौं । पशुपालनमा ध्यान केन्द्रित गर्नका लागि पशु सुत्केरी भत्ता १५ सय रुपैया दिने गरेका छौं । विद्यालय, भौतिक पूर्वाधारका योजनाहरुलाई अनुगमन तथा नियमन गरिहेका छौं ।

२. गुणस्तरीय शिक्षा की भौतिक पूर्वाधार के मा जोड दिनुभएको छ ?

यसमा हामीले भौतिक पूर्वाधारभन्दा गुणस्तरीय शिक्षामा नै जोड दिएका छौं । सामुदायिक विद्यालयमा नेपाली माध्यमबाट मात्र शिक्षा होइन अंग्रेजी माध्यमबाट समेत अध्यापन हुनुपर्ने योजना निर्माण गर्दैछौं । पछिल्लोे समयमा अभिभावकहरुमा समेत एउटा भ्रम छ जुन संस्थागत विद्यालयमा पढेका बालबालिका राम्रा हुन्छन भन्ने त्यसलाई चिर्नका लागि हामीले एउटा बृहत योजना बनाएका छौं ।

४. तपाईहरुले काम गर्दा के कस्ता समस्या र चुनौतिहरु आइपरेका छन् ?

काम गर्दा समस्या चूनौति आउँछन न आउँने होइन् । तर कहिले काँही प्रतिपक्षमा रहेका राजनितिक समस्या आउँछन् अन्य समस्या कमै मात्रामा आउने गरेका छन् । त्यसलाई हामीले चिरफर गरेर कामहरु गरिरहेका छौं । हरेक नागरिकले पाउने सूचनाको हकलाई मध्यनगर गरी पालिकाबाट नै सूचना प्रवाह गरिरहेका छौं । पालिका र वडाको कुनै पनि सुचनालाई नलुकाएर तुरुन्तै जनताहरुमा सम्प्रेशन गरिरहेका छौं ।

५. तपाईको वडामा विपक्ष राजनितिक दलको कारणले काममा असहज भएको हो ?

असहज भएको छैन, वडामा समन्वयका साथ काम गरिहेका छौं तर कहिले काँही पालिकामा भने असहज हुने गर्दछ । पालिकामा कतिपय राजनितिक दलका नेताहरु नै बाधक बन्ने प्रयास गर्नुहुन्छ तर अहिले सहकार्य, समन्वय भइरहेको छ । कतिपय मान्छेहरुले उहाँहरुलाई उचालन खोजे पनि उहाँहरु प्रतिक्रिया सकारात्मक हुन्छ । मलाइ काम पर्दा सहयोग पनि गरिख्नुभएको छ ।

६. खजुरा गाउँपालिकाको आर्थिक संकलन स्रोतहरुको सम्भावना के के देख्नु भएको छ ?

प्राकृतिक स्रोत हामीसँग केहि पनि छैन । उद्योग कलकारखाना केही पनि छैन । हामीसंग सिमित केही इटा भट्टाहरु छन्। केही व्यापारीहरु छन् । करको दायरामा आन्तिक कर भनेको निकै न्युन छ । हामीलाई आन्तरिक कर उठाउन निकै गाह्रो छ । कतिपय व्यापारीहरुले पनि कर कार्यालयमा कर दर्ता गरेको छौ तर पालिका किन दर्ता गर्ने भन्ने मानसिकता छ । तर हामीले कर पालिकामा समेत बुझाउनका लागि अनुरोध गरिरिरहेका छौं त्यो भन्दा अर्को विकल्प छैन ।

३. अन्त्यमा, गाउँमै सिहंदबार आएको जनताले महसुस गरेका छन् कि छैनन् ?

गाउँमै सिहंदबार आएको यसमा मान्छेलाई चेतना, शिक्षा अभावले मान्छेहरुले कुरा नबुझेर कतिपय मान्छेहरुले अनुभाव भएका कुरा गर्छन् तर हामी जस्तो जान्ने बझने कार्यकर्ताहरुले गाउँ गाउँ सिहंदरबार भएको अनुमति पाईसकेका छौं । किन भने सानोभन्दा पनि सानो काम गर्न हामी जिल्लामा कति धाउनुपथ्र्यो । अब जिल्ला जानु पर्र्दैन । सिहंदबार गाउँ गाउँमा आइसकेको अवस्था लगभग जनताहरुले अनुभुति गर्न थलिसकेका छन् । उहाँहरुलाई अनुभुति भएको मैले महशुस गरेको छु ।