कोहलपुरमा नक्सा पास नगरी भवन बनाउन नपाइने

कोहलपुर ।

कोहलपुर नगरपालिकामा नक्सा पास नगरी भवन बनाउन नपाइने भएको छ ।

कोहलपुर नगरपालिका भित्र हाल निर्माण हुने र निर्माण भइरहेका भवनको सम्बन्धी घरजग्गाधनीहरुको नक्सा पास नगरी भवन निर्माण गर्न सूचना जारी गरेको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले सूचना प्रकाशन तथा प्रसार गरेका छौं तर कोही कसैले नियमविपरीत कार्य गरेको पाइएमा कारवाहीको भागेदारी हुने जानकारी दिए ।

नक्सा पास नगरी भवन निर्माण भएको पाइएमा स्थानीय सञ्चालन ऐन, २०७४ को दफा ३९ को उपदफा(५) मा व्यवस्था भए बमोजिम कारवाही हुने कानूनी व्यवस्था रहेको छ ।

सूचना