राजनैतिक दलको पिलासामा युवा नेतृत्व

राजनीति भनेको राज्य सञ्चालन गर्दा आवश्यक पर्ने नीति विधि नियमको परिधिभित्र बसी कार्य सम्पादन गर्ने राज्य सञ्चालन गर्ने विधि नै राजनीति हो । दल कुनै पनि राष्ट्रका जनताहरु शासकहरुबाट शासित वर्गबाट शोसित भइरहेको अवस्थामा राज्य संचालन गर्नका लागि विद्रोह, विचार अंकुरण गरी सोही विचारमा गोलबद्ध भई नाम सहितको दल निर्माण गरी दलिय प्रतिस्पर्धामा सहभागी हुन बनाइएको संघठन नै दल हो । विश्व मानचित्रमा हाम्रो मुलुक निकै सानो देश भएपनि प्राकृतिक सम्पदाले भरिपुर्ण देश हो नेपाल ।

राजनैतिक रुपमा इतिहासका विभिन्न कालखण्डमा विभिन्न किसिमका राजनैतिक परिवर्तनहरु भएका छन् । २००७ सालमा प्रजातान्त्र स्थापना हुनु, २०४६ सालमा बहुदलीय प्रजातान्त्र स्थापना हुनु, ०६२/०६३ सालमा २०४ वर्षिय शाहावङ्शीय राजतन्त्र फालिनु, देशमा गणतन्त्र स्थापना हुनु र २०७० सालमा सुशील कोइराला सरकारको नेतृत्वमा संविधान घोषणा गरी गणतन्त्र तथा संविधान कार्यन्वयन हुनु मुलुकका लागि अविस्मरणीय रहयो । समय अनुसार परिवर्तन आउनुमा राजनैतिक दलको अत्यन्तै महत्वपूर्ण भूमिका रहन पुग्यो ।

राजनीतिक दल नेपालमा ७० वर्षको समयमा प्रजातान्त्रिक पार्टी, कम्युनिस्ट पार्टी र विभिन्न पार्टीहरुको स्थापना भैइ दलका रुपमा दलिय प्रतिस्पर्धामा रहन पुग्यो । यो परिधिमा जनता दारा दलिय विचारलाई अत्यन्तै स्वीकार्यको अवस्था पनि इतिहासले प्रमाणित गरेको छ । तर समयको माग सङ्गै स्थानीय निर्वाचन-२०७९ वैशाख ३० गतेको देश भरिको नतिजालाई हेर्दा दलिय विचार र गठबन्धनलाई जनताले रुचायको परिस्थिति देखिदैन ।

ठुलाठुला महानगरपालिका उपमहानगरपालिका पालिकाहरुमा स्वतन्त्र उमेदवार तथा युवा उमेदवारलाई रुचायको अवस्था देखिन्छ । युवा भन्ना साथ हामिले युवाको विषयमा चर्चा गर्ने हो भने नेपालमा राष्ट्रिय युवा परिषद्ले १८ वर्षदेखि ४० वर्षसम्मको उमेरको अवस्थालाई युवा अवस्था भन्ने गरेको छ ।

इतिहासलाई हेर्दा युवा उमेर अवस्था तत्कालीन नेपाली काङ्ग्रेसका पार्टी सभापति स्वर्गीय विपि कोइरालालाई ४० वर्षको उमेरमा देशको गृहमन्त्री बनाइएको अवस्था र २०१५ सालको आम निर्वाचनमा विपि बावुलाई युवा अवस्थामा नै देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको नजिर आजसम्म ताजै छ ।

त्यसैले राजनीतिक दलले राजनीति गर्ने युवाहरूको विषयमा अत्यन्तै गहिराइमा गएर चासो देखाउने पर्ने देखिन्छ । झण्डै राजनैतिक दलको ७० वर्षको इतिहासमा राजनैतिक दलले युवाहरूलाई विचारको आधारमा नेतृत्वको दासत्व बनाई २४ घण्टे पार्टीको स्वयंसेवक बनाई प्रतिफल दिने अवस्थामा नातागोता स्टमित्र आफन्तलाई चयन गरि जिवन्त स्वयंसेवक भैइ कार्य गरेका आम कार्यकर्तालाई झोले पात्रको रुपमा सावित गर्ने जुन परिपाटी छ । यो राजनैतिक दलका नेतृत्वका लागि अत्यन्तै अभिसाप हो । राजनैतिक दलका विचारमा मात्र आफ्ना आम कार्यकर्तालाई नबनाई राजनैतिक दलले आफ्नो कार्यकर्ता युवा निति आफ्नो पार्टीको विचारमा समायोजन गरी परिवर्तनको निति दल भित्र लागु गर्नुपर्र्ने अवस्था देखिन्छ ।

नेपालका विभिन्न पार्टीमा आवद्ध भएका झण्डै १० लाख बढी आम युवा कार्यकर्ता विचारमूखी नेतामूखी र आफ्नो राजनैतिक भविष्य खोजिरहेका छन् ।

यो समय अवधी भित्र युवा कार्यकर्ताहरुले नेतृत्व निर्देशन र दलको निर्देशनको आधारमा निर्वाचनमा संघठन निर्माण पार्टी प्रशिक्षणमा खटाउने गरेको देखिन्छ । आफ्नो युवा उदाउँदो श्रमसिल उमेर यहाँको नेतृत्वको नाममा समय खर्चिन्छ । त्यो अवस्थामा ती युवा अवस्था नेतृत्वमा जम्म ३०/४० प्रतिशत युवाको भविष्य मात्र सफल रहन्छ । बाँकी युवाको भविष्य अन्धकार हुने गरेको देखिन्छ । आर्थिक विपन्नता पारिवारिक विचलिता उत्पन भई मानसिक रुपमा अशक्त हुने र पार्टी प्रतीको माया तृस्कृत हुने अवस्था आउने परिस्थितिको सिर्जना हुने ठूलो अनुमान लगाउन सकिन्छ । त्यसैले भनिन्छ युवा मेरुदड हुन् जसलाई राष्ट्र निर्माता भनिन्छ । त्यसैले राजनैतिक दल भित्रको राजनीतिमा युवा नीति रुपान्तरणको खोज गर्न जरुरी छ ।

दलिय रुपमा युवा निति बनाउनमा सकारात्मक ढंगले लागेमा सफल हुन सक्ने परिस्थिति निर्माण हुन सक्छ । त्यसैले पार्टी भित्र आवद्ध भयका युवालाई क्षमता अनुसार उसको सिपमा बिभाजित गरि संगठन निर्माणसंगै विभिन्न सिपमुलक प्रशिक्षण दिन अपरिहार्य देखिन्छ । मुलुकको आर्थिक परिवर्तनका सवालमा रास्ट्रनिर्माणका सन्दर्भमा र अबको १५ वर्षमा नेपाललाई विकसित देशका रुपमा रुपान्तरण गर्न युवालाई प्राविधिक मैत्री सिपमुलक कार्यक्रम, पर्यटकीय प्रतिवेदन प्रशिक्षण,आर्थिक विपन्न गरिव कार्यकर्तालाई लगानी अभिमुखिकरण कार्यक्रम, अपांग महिला, अल्पसंख्यक सिमाङकन वर्ग का युवाहरूलाई क्षमत अनुसार को लछित कार्यक्रम दिने, कृषि वन वातावरणिय तहबाट हटाइ प्राविधिक तालिम दिने रोजगारमुलक कार्यक्रम पर्वर्द्धन गर्ने, नेतृत्व विकास प्रदेश अनुसार अर्धवार्षिक रुपमा प्रशिक्षण सुरुवात गर्नुपर्दछ । दलिय माया र युवामा उत्साह सहित परिवर्तित समयमा पाएको नतिजा दलप्रति जनताको सद्भाव रहनेछ ।

यस कारण पार्टीको नेतृत्व तहमा युवाको सम्मानजनक उपस्थिति र राज्यको निति निर्माण गर्ने सन्दर्भमा युवाको आवाज सम्बोधन हुने गरी नेतृत्व चयन गर्नपर्ने स्थिति देखिन्छ । यदि समयको परिवर्तन गरी नेतृत्वामा समेत परिवर्तन नगरी जनताका मागहरु सम्बोधन भएन भने पार्टी सिद्धान्तमा विचलन आउँछ र युवामा राजनैतिक वितृष्णा नआउला भनेर भन्न सक्ने स्थित नरहन सक्छ । यस कारण हामी नेतृत्व युवा मूखी बनाउन प्रयासरत रहनपर्छ भन्ने मान्यता हो ।

लेखक :  कोहलपुर नगरपालिका वडा नम्बर २ का नेपाली काँग्रेसका वडा सभापति हुन् ।